कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

काठमाडौं, १४ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १०६ पुगेको छ । मृत्युको घटना चीनमा मात्र भएको हो । सँसारभर झण्डै पाँच हजारमा संक्रमण भएको तथ्यांक संकलन भइसकेको छ । चीनको उआन क्षेत्रबाट फैलिएको कोरोना भाइरस संसारका अन्य देशहरुमा समेत देखिएको छ । चीनको हुवे क्षेत्रमा गएका दिनमा २४ जनाको ज्यान गएको छ । […]

फ्लु नियन्त्रणका लागि चिकित्सकको टोली हुम्लामा

जुम्ला, १४ माघ । हुम्लाको चंखेली मेल्छाम सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतका डा. सागर दाहाल,मेहलकुना अस्पतालका डा.विवेक शाह सहितको स्वास्थ्यकर्मी टोली र औषधि पठाइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ। हुम्लाको रुघाखोकीको प्रकोप सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्दै निर्देशनालयले […]

तिव्र रुपमा फैलिदै कोरोनाभाइरस, नियन्त्रण गर्न ठूलो चुनौती

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ । असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन् । सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा […]

रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’ बनाउन चाइनिज हिरोले गरे २ करोड भन्दा बढी सहयोग

काठमाडौं – कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी […]

नेपालमा पनि कोरोना भाइरसको उच्च जोखिम

काठमाडौं, १० माघ । नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर […]

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, क्रिकेट बलजस्तै उफ्रियो भातको डल्ला

पर्वत, ०६ माघ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले […]

वस्थापन गतिलो नहुँदा खेर जान्छ संकलन गरेको रगत

काठमाडौं, २९ पुस । रगत व्यवस्थापन गतिलोसँग नहुँदा बेला–बेला अभाव हुने गरेको छ । चिकित्सकहरूले आवश्यकभन्दा बढी माग प्रेस्किप्सन गर्दा पनि रगत खेर जाने गरेको रक्तसञ्चारको भनाइ छ । रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालले एक मानिसबाट लिएको रगतले तीन जनालाई काम गर्छ । तर चिकित्सहरूले तुरुन्तै दान गरेको गरेको रगत होल्ड ब्लड माग्दा रगत अभाव […]

निःशुल्क वितरण गर्दै आएको औषधि नै खान अयोग्य

सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो । नयाँ पत्रिकाले प्राप्त गरेको दस्ताबेजमा आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् । […]

आज नयाँ वर्षको पहिलो दिन नेपालमा १५ सय शिशुको जन्म हुँदै

एजेन्सि, काठमाडौं अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा बुधबार नेपालभर १,५६७ शिशु जन्मिने अनुमान गरिएको छ। नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ। संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफ नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो। नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे […]

जिल्ला अस्पताल एम्बुलेन्सविहीन, बिरामीलाई समस्या

भक्तपुर, ११ पुस । जाजरकोट जिल्ला अस्पताल छ महिनादेखि एम्बुलेन्सविहीन भएको छ। दैनिक बिरामीको घुइँचो बढ्दो छ । अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि समस्या हुँदै आएको छ। रकम अभावका कारणले मर्मत गर्न नेपालगञ्ज पाठाईएको एम्बुलेन्स नबनेको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले पटक–पटक प्रदेश सरकारलाई एम्बुलेन्सका लागि आग्रह गर्दा […]