हङकङले बनायो कोरोना भारसको खोप

एनेन्सी, हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको खोप आविष्कार गरेको बताएका छन् । यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ। सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्। एक सय ६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु पनि लागिपरेका छन्।

‘हामीले खोप त उत्पादन गरिसक्यौँ, तर जनावरमा परीक्षण गर्न लामो समय लाग्नेछ,’ युनिभर्सिटी अफ हङकङका प्राध्यापक युनले भने।जनावरमा परीक्षण गर्न महिनौँ र त्यसपछि मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताए। चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भाइरस दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ।

जसबाट कम्तीमा ४ हजार मानिस बिरामी परिसकेका छन्। कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चार हजारभन्दा बढी यो भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि केही वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

सिङ्गापुर र जर्मनीमा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । चिनियाँ नयाँ वर्ष ‘लुनार’ को समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो ।

यो पर्वका अवसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन् । भाइरस फैलिएपछि त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार तीन दिन पर सारिएको छ । चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ । अमेरिकी सरकारले पनि आफ्ना ना’गरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ ।

वुहान शहरमा यात्रामा प्र’तिबन्ध लगाइएपछि सु’नसान जस्तै भएको छ । खाली सडक, सुनसान खेल मैदान, खाली सपिङ मल र कहिलेकाहीँ एम्बुलेन्स दौ’डिएको देख्न सकिन्छ । चीन सरकारले शङ्घाईमा आउँदो १० फेब्रुअरीसम्म कार्यालय सञ्चालनमा प्रतिबन्ध लगाएको छ । चिकित्सा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा यो प्रतिबन्ध लागू हुनेछ । चीनबाहेक यसअघि अमेरिका, थाइल्याण्ड, फ्रान्स र कोरियामा पनि यो भाइरसको स’ङ्क्रमण देखिएको छ । कोरोना भाइरसका कारण चीनबाहिर कसैले पनि ज्यान गुमाएका छैनन् ।

Loading...