प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त गोली हानाहान

रौतहट १५ माघ । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ । रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमागएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको हो ।

भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका मोस्टवान्टेड भारतीय अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।गोली हानाहानमा भारतका शेख चाँद अलीको दाहिने खुट्टामा गोली लागेर घाइते भएको जिल्ला प्रहरी रौतहटका प्रहरीले जानकारी दिएको छ ।

रातिको समयमा प्रहरी गस्ती टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा मोस्टवान्टेड भनिएका शेख चाँदको खुट्टामा गोली लागेको हो ।प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ ।उक्त समूहले यसअघि रौतहटमा थुप्रै अपराध गरेको चाँद अलीले स्वीकारेका छन् ।

Loading...