आकर्षक कुरामात्र नगरी सरकार गन्तव्यसम्म पुग्ने: प्रधानमन्त्री

काठमाडौं, १५ माघ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन । नेकपाको दोस्रो केन्द्रीय समितिको उदघाटन गर्दै प्रधानमन्त्री समेत रहेका पाटी अध्यक्ष ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर २१ औं शताब्दीसम्म आईपुग्दा मानवजातिले हासिल गरेका उपलब्धिलाई आत्मसाथ गरेर अघि बढेको बताए ।

‘नेकपा विश्वव्यापी मान्यता सहितको लोकतन्त्र, शान्ति र मानवाधिकारको आदर्श र अनुभवकासाथ अघि बढीरहेको र बढीरहने छ, अहिले शान्तिपुर्ण अवस्थामा आएको छ, हामी अन्तराष्ट्रिय मापदण्ड अनुसार काम गरिरहेका छौ’ प्रधानमन्त्री ओलीले भने ।

उनले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको सम्बोधनमा बताए छ। प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको सम्बोधनमा बताएका छन । बुधबार नेकपाको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले लामो संघर्षबाट अहिलेको व्यवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले भावनामा बगेर क्रान्ति र परिवर्तन नहुने बताए । उनले परिस्थितिलाई बुझेर अघि बढ्न आग्रह गर्दै आकर्षक कुरामात्र नगरी सरकार गन्तव्यमा पुग्ने गरी हिँडिरहेको बताए । उनले कांग्रेस र कम्युनिष्ट दुबैले परिवर्तनका लागि हतियार उठाएको बताए । ‘काँग्रेसले पनि २००७, २०२७ र ३१ मा हतियार चलाएको थियो । नेकपाले पनि विभिन्न समयमा हतियार उठाएको हो’ प्रधानमन्त्री ओलीले भने ।

‘लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र त्यस अन्तरगतका प्रक्रिया मानवअधिकार, स्वतन्त्रता, वा शान्तिपूर्ण बाटो आदर्शका रुपमा अङ्गीकार गरेका छौँ, शान्तिपूर्ण ढङ्गले समाज अघि बढ्न सक्छ । त्यसै कारण नेपालको राजनीतिमा विभिन्नले विभिन्न समयमा हतियार उठाएपनि पछि शान्तिपुर्ण बाटोमा आएको हौ’ उनले भने ।

उनले सरकारले संयुक्त राष्ट्रसंघको वडापत्र या अन्तर्राष्ट्रिय जगतले निकालेका राजनीतिक प्रणालीको मापदण्डका आधारमा प्रतिस्पर्धा गर्न चाहेको भन्दै ती मापदण्डमा हामी अगाडि नै रहेको बताए ।

प्रधानमन्त्री ओलीले केही तथ्याङ्गहरु समेत सार्वजनिक गरेका छन । उनले केही भएको छैन भनेर गरिएको प्रचार सत्य नभएको बताएका छन । वर्तमान सरकारले युगान्तकारी काम गरेको बताएका छन । यसअघि एक बर्षमा १० किलोमिटर सडक कालोपत्र हुने गरेकोमा अहिले दैनिक ५।७ किलोमिटर सडक कालोपत्रे भैरहेको बताए। नेकपाको सरकार बनेपछि अन्तराष्ट्रिय सूचकाङ्कहरुमा समेत नेपालको सुधार भएको भन्दै उनले तथ्याङ्क समेत प्रस्तुत गरे ।

Loading...