कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

काठमाडौं, १४ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १०६ पुगेको छ । मृत्युको घटना चीनमा मात्र भएको हो । सँसारभर झण्डै पाँच हजारमा संक्रमण भएको तथ्यांक संकलन भइसकेको छ ।

चीनको उआन क्षेत्रबाट फैलिएको कोरोना भाइरस संसारका अन्य देशहरुमा समेत देखिएको छ । चीनको हुवे क्षेत्रमा गएका दिनमा २४ जनाको ज्यान गएको छ । १३ सय नयाँ विरामी देखिएका छन् । हुबईमा मात्र ४७ जनाको ज्यान गएको छ । कोराना भाइरसले बेइजिङमा एक जनाको मृत्यु भएको छ ।

चीनबाहेक अन्य देशमा संक्रमितको मृत्यु भएको रिपोर्ट आएको छैन । तर, संक्रमण अन्य देशमा समेत देखापरेको छ । चीनबाहेक नेपाल, थाइल्यान्ड, जापान, अमेरिका, ताइवान, भियतनाम, सिंगापुर, मलेशिया, फ्रान्स क्यानडा र अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

गत वर्षको अन्ततिर चीनले निमोनियाबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको थियो । उआन क्षेत्रको समुन्द्री खाना पाउने बजार बन्द गरियो । त्यसको केही दिनमा कोरोना भाइरस प्रमाणित भई ११ जनवरीमा मानिसको मृत्यु भएको खबर सार्वजनिक भयो ।

Loading...