डिसेम्बर २१, सन् २०२४ शनिवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बुद्धदर्शनमा आधारित लामो कविता ‘अनि प्रतीत्य समुद्पाद, शून्य शून्य महाशून्य’ (१६० पृष्ठको एउटै लामो कविता ) उपर चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। प्राज्ञ प्रा.डा कृष्णहरि बरालको प्रमुख आतिथ्यता तथा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको समेत विशेष उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसासका […]
साहित्य
चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक, उत्कृष्ट पाँच पुरस्कृत
“चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार जितेको छ । उनले प्रमाणपत्र संगै रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । लौहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ […]
नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने
भक्तपुर ,२० असोज २०८१। पटक-पटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने भएको छ। शनिबार भक्तपुर थिमिस्थित बोदेमा सम्पन्न प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ मा सबै तहको निर्वाचन गर्ने सहमति गर्दै नयाँ नेतृत्व चयनको लागि बाटो खुला गरेको हो। महासंघको उक्त भेलाले निर्वाचन मिति तोक्न मात्र होइन, […]
कल्पना खरेलले ल्याइन् “भृकुटीतारा”
२०८१ असोज १७, काठमाडौं । साहित्यिक पत्रकार संघले आज उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को डालो रेस्टुरेन्ट, अनामनगरमा लोकार्पण गर्यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरेका थिए । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा […]
अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त
वासिङ्टनडीसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका […]
अनेसास केन्द्रीय कार्यसमितिले पायो पूर्णता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका छन् । […]
अनेसास नेपालमा तीर्थको सारवत चर्चा
२०८१ भाद्र १३ गते बिहीवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बोर्ड अफ ट्रस्टीको सल्लाहकार मुक्तकमणि तीर्थ अधिकारीसँग साक्षात्कार कार्यक्रम तथा उहाँद्वारा लिखित मुक्तकसङ्ग्रह सारवतको परिचर्चा कार्यक्रम गर्यो । च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल थिए । अनेसासकी उपाध्यक्ष मञ्जिला शर्माको स्वागत मन्तव्यपश्चात् दीप प्रज्ज्वलन […]
स्रष्टा एवम् रङ्गकर्मी केदार श्रेष्ठले पाउने भए मोती पुरस्कार
२०८१ भाद्र कृष्णाष्टमी राष्ट्रिय युवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको युवावर्ष मोती पुरस्कार यस वर्ष स्रष्टा एवम् रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ। वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार वि. सं २०८१ को युवावर्ष मोती पुरस्कार श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको हो। युवा कोषका सद्स्य सचिव […]
क्यानडामा विण्डसोर साहित्यिक सम्मेलन सम्पन्न
विण्डसोर, क्यानडा साहित्य परिषद् भूटानको आयोजनामा क्यानडाको विण्डसोरमा ‘विण्डसोर साहित्यिक सम्मेलन २०२४’ भव्य रूपमा सम्पन्न भएको छ। यही सन् २०२४ अगस्ट १७ तारिखमा परिषदको क्यानडा शाखाको व्यवस्थापनमा साहित्यिक सम्मेलन आयोजना गरिएको हो । क्यानडा, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न देशका साहित्यकारहरूलाई समेटेर गरिएको सो सम्मेलनलाई भाषिक अभियानको कोशेढुंगाको रूपमा लिएका छन् । नेपाली मूलका भूटानीहरूले नेपाली […]
साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सवमा सर्जकहरु सम्मानित
२०८१ साउन २९, काठमाडौं। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको सो […]











