काठमाडौ । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।
७१ वर्षको उमेरमा मंगलबार दिउँसो उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए । निमोनिया भएपछि उनलाई उपचारको लागि नर्भिक पुर्याइएको थियो ।
नेता प्रदीप नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।
नेकपा एमालेको स्थायी कमिटी सदस्यसमेत रहेका नेपाल ‘सञ्जय थापा’ नामबाट परिचित साहित्यकार पनि हुन् ।