लक्ष्मीको “सगरमाथाको आर्तनाद” न्यूयोर्कमा सार्वजनिक

अप्रिल २० आइतबार ।

अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनारत् लक्ष्मी श्रेष्ठको पाँचौँ कृति सार्वजनिक भएको छ ।

अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष  गोवर्द्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदीया लिवाङ र सर्जक स्वयंले कविता कृति “सगरमाथाको आर्तनाद” सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार पूजाले राम्रा कवितालाई सहजै परिभाषित गर्न नसकिने र नहुने बताउँदै पाठक र समालोचकलाई मनन् र मुल्याङ्कन गर्ने जिम्मा दिनुपर्ने बताए ।

उनले न्यूयोर्क च्याप्टरको कार्यको प्रशंसा गर्दे अनेसासले भूगोलका कुनाकुनासम्म फैलिएका नेपालीभाषीलाई जोड्ने काम गरेको बताए ।

अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालको सम्पादन तथा वरिष्ठ साहित्यकार खेमनाथ दाहालको भूमिका लेखन रहेको लक्ष्मी श्रेष्ठको उक्त कविता कृतिको साहित्यकार आनन्द श्रेष्ठले समीक्षा गरेका थिएभने राजेन्द्र श्रेष्ठले कृति सफलताको कामनासहित सङ्ग्रहबाट कविता वाचन गरेका थिए ।

कार्यक्रममा डा. गोविन्द कोइराला, शकुन ज्ञवाली, शारदा क्षेत्री, गायिका लक्ष्मी गिरी, भरत शाक्य, ज्योति राई, कमला प्रसाई, मंगलदास श्रेष्ठ, राजन महर्जन, हजुरी शाह कडेल, मीनलाल नकर्की, संगीता उप्रेती, ध्रुव श्रेष्ठ, हरिश हमाल, मनोज खनाल, यम अधिकारी, विमला हमाल, ज्योति पौडेल, किशनसिंह धामीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तारा-किशन फाउण्डेशनका तर्फबाट किशनसिंह धामीले सर्जक लक्ष्मी श्रेष्ठ र शारदा क्षेत्रीलाई सम्मान गरिएको उक्त कार्यक्रममा उपस्थित अधिकांशले सर्जक श्रेष्ठलाई खादा र पुष्पगुच्छाले सम्मानित गरेर खुशी व्यक्त गर्दै निरन्तर लेखन जीवनको कामना गरेका थिए ।

अनेसास न्यूयोर्क च्याप्टरका तर्फबाट शकुन ज्ञवाली र लक्ष्मी श्रेष्ठले कार्यक्रमका  प्रमुख अतिथि गोवर्द्धन पूजालाई सम्मानपत्र, दोसल्ला र भादगाउँले कालो टोपी लगाई सम्मान गरेका थिए भने उनकी पत्नी कुशल श्रेष्ठलाई दोसल्लाले ओडाएर सम्मानित गरिएको थियो ।

अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव नदीया लिवाङले सञ्चालन तथा संयोजन गरेकी थिइन् । कृतिमा ५२ ओटा कविता रहेका छन् ।