मानव सेवा आश्रममा फलफूल वितरण

पोखरा, ५ असोज । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण गरियो । आश्रममा आकाशलाई छानो बनाएर कठिन परिस्थितिमा वर्षौँदेखि सडकमा बस्दै आएका मनोरोगी र सेवकसेविका गरी कूल ९६ जनाले आश्रय लिँदै आएका छन् । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास […]

साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु

खलङ्गा, ५ असोज । भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ । जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको […]

बालकोटको कपास उद्योगमा आगलागी

भक्तपुर, ५ असोज । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् । के कारणले आगलागी भयो भन्ने यकिन नभए […]

स्थानीय तहका जनप्रतिनिधिलाई नेकपाको दुईदिने प्रशिक्षण

चरिकोट, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ । नेकपा दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा […]

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

चरिकोट, ५ असोज । दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीकोसडक निर्माण डोजर ठक्करबाट एक बालकको ज्यान गएको छ ।  बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका […]

जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन: पूर्वसभामुख नेम्वाङ

इलाम, ५ असोज । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताए । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताए । उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर […]

बिबादित बन्यो नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद्

नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् शुरु भएको छ । आइतवार सम्म चल्ने परिषद् शनिवार तामझामका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । तर, महासंघको प्रथम राष्ट्रिय परिषद् बैठकमै ढुंगा लागेको छ । नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् बिबादित बनेको छ । महासंघको एक प्रमुख घटक नेपाल शिक्षक संघले परिषद् बहिस्कार गरेपछि पहिलो […]

भर्खरै आयोगले निकाल्यो प्राथमिक तहको थप दुई जिल्लाको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप दुई जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै अाइतबार खुलातर्फको प्राथमिक तहको महाेत्तरी र रामेछाप जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको […]

महिला अध्यक्षको नेतृत्व रहेको नन्देश्वरले गर्यो १७औ साधारण सभा

सर्लाहीको लालबन्दी- १नवलपुरमा रहेको नन्देश्वर महिला बचत तथा ॠण सहकारी सस्थाको १७ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिवार नवलपुर स्थित आफ्नै पुरानो कार्यलयको प्राङ्गणमा अध्यक्ष ओम कुमारी गौतमको अध्यक्षता एवम नगरपालिकाका प्रमुख मानबहादुर खडकाको प्रमुख आतिथ्यता मा सभा सम्पन्न भएको हो । उक्त अबसरमा सस्थाका अध्यक्ष ओम कुमारी गौतमले बार्षिक कार्यपत्र प्रस्तुत […]

भारतीय मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा एक जनाको मृत्यु, दुई पक्राउ

सर्लाही, ४ असोज । सदरमुकाम मलङ्गवामा शनिवार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु […]