बिबादित बन्यो नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद्

नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् शुरु भएको छ । आइतवार सम्म चल्ने परिषद् शनिवार तामझामका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । तर, महासंघको प्रथम राष्ट्रिय परिषद् बैठकमै ढुंगा लागेको छ ।

नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् बिबादित बनेको छ । महासंघको एक प्रमुख घटक नेपाल शिक्षक संघले परिषद् बहिस्कार गरेपछि पहिलो गाँसमै ढुंगा लागेको हो ।

शिक्षकका १६ वटा संघसंगठनको साझा संस्थाको रुपमा नेपाल शिक्षक महासंघ ( नेशिमहासंघ) को गठन गरिएको भएपनि बर्तमान नेतृत्वले साझा व्यवहार देखाउन नसकेको आरोप लागेको छ । महासंघको नेतृत्वले पेलेर जाने प्रवित्ती देखाएको भन्दै नेपाल शिक्षक संघ परिषद बैठकप्रति असन्तुष्ट बनेको हो ।

‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल शिक्षक महासंघले आफ्नो बिधानको व्यवस्थामा परिवर्तन गर्दै शिक्षक नरहेका व्यक्तिलाई पनि नेतृत्व दिन सकिने प्रस्ताव परिसद्मा ल्याउने भएपछी परिषद बहिस्कार गर्नु परेको नेपाल शिक्षक संघका बरिष्ठ उपाध्यक्ष एमपी भुसालले पुष्टि गरे ।

उनले शिक्षक महासंघको नेतृत्वमा शिक्षक नै नरहेका व्यक्ति हुँदा राजनीति हावी हुने र पेशागत आन्दोलन ओझेलमा पर्न सक्ने भन्दै संघले विरोध जनाएको बताए । त्यसैगरी बिधान नै संसोधन गरेर कोरम नपुगेपनि उपलब्ध पदाधिकारीबाट निर्णय गर्न सक्ने प्रस्तावमा पनि संघले असहमती जनाएको बताइएको छ । उपलाब्धालय बनाउने माहासंघको नीतिले दीर्घकालमा नकारात्मक असर गर्ने संघको ठहर छ ।

महासंघले भने परिषदमा प्रस्ताव लादैमा अन्यथा लिन नहुने जिकिर गरेको छ । सहमति र सहकार्यलाई जोड दिंदै महासंघ अघि बढ्ने नेतृत्वको दावी छ । परिषदले महासंघको विगतको कार्यको समिक्षा र आगामी रणनीति तयार गर्ने साथै आवश्यक विधान संशोधन गर्ने महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले जानकारी दिए ।

ललितपुरमा आइतवार सम्म चल्ने परिषद उपराष्ट्रपति नन्दबहादुर पुनले शनिवार उद्घाटन गरेका हुन् । पुनले शिक्षककै कारण सार्वजनिक शिक्षा नसुध्रेको भन्दै शिक्षकहरुप्रति नै गुनासो गरेका थिए । वाङमयविद् शताव्दीपुरुष शत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल जुम्लाका माउण्टेनियर धावक हरिबहादुर रोकालाई सम्मानित गरिएको उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष बाबुराम थापाले गरेका थिए ।

Loading...