महिला अध्यक्षको नेतृत्व रहेको नन्देश्वरले गर्यो १७औ साधारण सभा

सर्लाहीको लालबन्दी- १नवलपुरमा रहेको नन्देश्वर महिला बचत तथा ॠण सहकारी सस्थाको १७ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
शनिवार नवलपुर स्थित आफ्नै पुरानो कार्यलयको प्राङ्गणमा अध्यक्ष ओम कुमारी गौतमको अध्यक्षता एवम नगरपालिकाका प्रमुख मानबहादुर खडकाको प्रमुख आतिथ्यता मा सभा सम्पन्न भएको हो ।

उक्त अबसरमा सस्थाका अध्यक्ष ओम कुमारी गौतमले बार्षिक कार्यपत्र प्रस्तुत गर्नुका साथै सचिव सुनिता बुढाथोकीले अर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । प्रस्तुत भएको आर्थिक प्रतिबेदन अनुसार सस्थाले आर्थिक बर्ष ०७५/७६मा ५ करोड २८ लाख ६२ हजार ७ सय ६९ रुपैयाको कारोबार गरि ६लाख ५७ हजार ९सय २ रुपैया खुद् मुनाफा गरेको छ ।

त्यस्तै सभा को अबसर मा सस्था मा आबद्द रहि सस्था को गतिबिधी अन्तर्गत कारोबार गर्ने उत्कृष्ट ४जना जेष्ठ एकल महिला ४ जना असल ॠण, ४जना उत्कृष्ट बचतकर्ता लाई दोसल्लाओढाएर सम्मान गरिएको य्हियो । त्यसैगरी शेयर सदस्यका सन्तती मध्ये एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा निजी विद्यालयका दुई जनालाई नगद रकम सहितबाट सम्मान गरिएको सस्थाका प्रबन्धक कबिता कुमारी कार्कीले बताइन् ।

त्यस्तै साधरण सभा को बन्द्द सत्र ले सस्था का संचालक समिती तथा उप समिती का केही निस्कृय सदस्यपय स्थानमा नयाँ सदस्य समेत मनोनित गरिएको सस्थाले जनाएको छ । सभाका बक्ताहरुले सस्थाको दिगोपन र सदस्यहरुको आर्थिक तथा सामाजिक र जीवन रुपान्तरणका लागि सस्थाको शेयर रकममा वृद्धि गर्दै लानुको साथै बचत रकम कार्य लाई छोटो अबधी भन्दा पनि दिर्धकालिन लामो अबधी को खाता सन्चालन गर्न सक्नु पर्ने मा जोड दिए ।

त्यस्तै सस्थाले आर्थिक कारोबार मात्रै नगरी महिला सद्स्य हरुको क्षमता तथा नेतृत्व बिकाश र सामाजिक रुपान्तरणका काम तर्फ पनि लाग्न सक्नु पर्नेमा जोड दिइएको थियो ।
सभामा वडा नम्बर १ का अध्यक्ष पंचलाल श्याङ्ग्बो ,सस्थाकी सस्थापक अध्यक्ष एवम लालबन्दी नगरपालिका कार्यपालिकासदस्य गंगा माया खडका, नेत्रगन्ज महिला बचत तथा ॠण सहकारीकी अध्यक्ष मन्दिरा आचार्य ,ग्रामिण बचत तथा ॠण सहकारीका अध्यक्ष सुरेन्द्र बिक्रम कार्की लगायतले आ आफ्नो धारणा राखेका सस्थाकी उपाध्यक्ष तारा देवि थपलियाले जानकारी दिइन् ।

२०५९ मा २५ सदस्य रहेर डिभिजन कार्यालयमा दर्ता गरि कारोबार संचालन गरेको सस्था मा हाल १ हजार ४ सय ३९ शेयर सदस्य रहेका सस्थाले जनाएको छ ।

Loading...