काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज (बिहीबार) संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश […]
समाचार
अमेरिकाले अघि सारेको प्रस्तावमाथि विचार गर्दैछौँ : इरान
तेहरान । इरानले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमाथि अझै विचार गरिरहेको जनाएको छ। दुई पक्ष सम्झौताको नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले प्रस्ताव अझै विचाराधीन रहेको स्पष्ट पारेको हो। अमेरिकी सञ्चारमाध्यम एक्सिओसले ह्वाइट हाउसले इरानसँग १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको दाबी गरेपछि यो विषय चर्चामा आएको छ। तर इरानी संसद्का […]
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालकाे बन्दीप्रत्यक्षीकरण रिट खारेज
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनीहरूकाे बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो। उनको रिहाई माग गर्दै पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। उनीहरूलाई गैरकानुनी रुपमा हिरासतमा […]
सडक विस्तारका क्रममा गयो स्काभेटर चालकको ज्यान
काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्गमा सडक विस्तारका क्रममा भएको दुर्घटनामा एक स्काभेटर चालकको ज्यान गएको छ। आज अपराह्न करिब ३ बजे सडक चौडा बनाउने क्रममा ट्रयाक खन्ने बेलामा माथिबाट ढुङ्गासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको थियो। उक्त घटनामा चालक रौतहट पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली स्काभेटरको क्याबिनभित्रै […]
सरकारको कडा कदम: ट्रेड युनियन अधिकार खारेज, संरचना नै हटाइँदै
काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका संरचना हटाउने प्रक्रिया सुरु गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग तथा मातहतका निकायहरूलाई परिपत्र जारी गर्दै युनियनका कार्यालयहरू तत्काल बन्द गर्न र त्यहाँ प्रयोग भएका सरकारी सम्पत्ति फिर्ता लिन निर्देशन दिएको हो। ‘केही नेपाल […]
सरकारको अध्यादेशले हल्लियो सञ्चार क्षेत्र, मन्त्रालय मातहतका शीर्ष पदाधिकारी हटाइए
काठमाडौँ । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत शीर्ष पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार अध्यादेशको दफा २ को उपदफा (१०) बमोजिम संस्थान, बोर्ड, प्राधिकरण तथा आयोगहरूका अध्यक्ष र सदस्यहरूको पदावधि तत्काल प्रभावबाट अन्त्य गरिएको हो। यस […]
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, हेर्नुस् अरु विजेता
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा डा. बद्री रिजाल विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार दुई उपाध्यक्ष र तीन केन्द्रीय सदस्य पद बाहेक अधिकांश महत्वपूर्ण पदमा डा. रिजाल समूहका उम्मेदवार निर्वाचित भएका छन्। १९ सदस्यीय कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मका गरी ५६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। नतिजाले […]
विद्यार्थी र कर्मचारी संगठन स्लिपर सेल भएकाले भङ्ग गर्नुपरेको प्रधानमन्त्रीको प्रष्टोक्ति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत प्रभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका “स्लिपर सेल”का रूपमा प्रयोग हुँदा प्रणालीप्रति जनविश्वास कमजोर बन्दै गएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको प्रभाव बढ्दा शिक्षा र प्रशासन दुवै क्षेत्र प्रभावित […]
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
काभ्रेपलाञ्चोक । अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका पाँच वटा माइक्रो बसको उद्धार भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच माइक्रो बस र ति माइक्रोमा सवार ८९ यात्रुलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए। सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी […]
यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण
काठमाडौं । यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको छ । फुजैराहस्थित तेल बन्दरगाहमा भएको यस आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएको अधिकारीहरूले बताएका छन् । यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको छ । […]











