काठमाडौं । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच यस सम्बन्धी सहमति बिहीबार […]
समाचार
रोलक्रम तोडेर सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। बैठकले न्याय परिषद्ले पठाएका ६ नाममध्ये चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो । विगतमा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्दा वरिष्ठताका आधारमा गर्ने गरेको थियो । यो पटक संवैधानिक परिषद् बैठकले वरीयता […]
चौथो वरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमै पहिलोपटक चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशका लागि सिफारिस भएका हुन् । संसदीय सुनुवाइबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । कानुन विषयमा विद्यावारिधि गरेका शर्मा २०७६ वैशाखमा […]
मुख्यमन्त्री यादवले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोकिदिए तलब
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले निजी सचिवालयमा १० जना नियुक्ति गरेपछि कर्मचारीले तलब नै रोकिदिएका छन् । यादव १९ मंसिरमा मुख्यमन्त्री बनेपछि आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक र कास लगायत १० जना नियुक्त गरेका थिए । प्रदेश ऐन अनुसार १४ जनासम्म नियुक्त गर्न सकिने व्यवस्था छ। तर संघीय सरकारको ५ असोजको मन्त्रिपरिषद् […]
महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन् । महासंघको ६० औं साधारणसभा र निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
बालेन सरकारले स्थगित गर्यो भन्सार बिन्दुमा एमआरपी लेबल अनिवार्य गर्ने आफ्नै निर्णय
काठमाडौं । सरकारले भन्सार बिन्दुमै आयातित वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने आफ्नै निर्णय बालेन सरकारले स्थगित गरेको छ । यससँगै प्रमुख भन्सार नाकामा रोकिएको जाँचपास प्रक्रिया बुधबारदेखि पुनः सुरु भएको छ । भन्सार विभाग र व्यवसायीबीच भएको सहमतिअनुसार अब आयातकर्ताले भन्सारमै एमआरपी स्वघोषणा गर्नुपर्नेछ भने सामान आफ्नै गोदाममा लगेर लेबल टाँसेपछि मात्रै बजारमा पठाउन […]
आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५५ कायम भएको छ […]
नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन्– शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको टिप्पणी गर्न नमिल्ने बताएका हुन्। ‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी […]
मोहना अन्सारी नेपाली कांग्रेस प्रवेश
काठमाडाँ । राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन् । अन्सारीले लेखेकी छिन्– ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका […]
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशका […]











