काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको […]
समाचार
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी […]
ग्यास आपूर्ति सहज बनाउन विभागले समन्वय र नियमन गर्ने
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ। पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ। […]
बालेन साह बुधबार सर्लाही आउने
सर्लाही । रास्वपाका बरिस्ठ नेता बालेन शाह बुधबार सर्लाही-४ आउने भएका छन् । सर्लाही क्षेत्र न.४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहलाई चुनावी उर्जा दिन उनी आउने भएका हुन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यहीँ क्षेत्रमा उम्मेदवार रहेकोले यो क्षेत्र चर्चामा छ । भावी प्रधानमन्त्रीको रुपमा रास्वपाले अघि सारेका बालेन साह बुधबार बिहान ८ बजे […]
केछ नेकपाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ? हेर्नुहोस् पूर्णपाठसहित
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले देशलाई राजनीतिक, आर्थिक र सामाजिक सङ्कटबाट निकास दिँदै वैज्ञानिक समाजवादतर्फ अग्रसर गराउने स्पष्ट वैचारिक र कार्यक्रमिक रूपरेखा प्रस्तुत गरेको जनाएको छ। प्रतिवद्धता पत्रमा नेपाली समाज दीर्घकालीन रूपान्तरणको ऐतिहासिक प्रक्रियामा रहेको उल्लेख […]
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयाेगकाे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको मंगलबार बसेको बैठकले तोकिएको समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको हो । २०८२ साल फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार […]
रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान
काठमाडौँ । रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो। प्र-३-००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ जनाको सनाखत भएको छ। […]
कमला नदीमा पुल निर्माण शुरु, स्थानीय खुशी
सिन्धुली । सिन्धुली जिल्लाको कमलाखोचमा अवस्थित पिछडिएको बस्ती जोड्ने गरी कमला नदीमा सडक पुल निर्माण थालिएपछि स्थानीयलाई प्रत्यक्ष रुपमा सुबिधा हुने भएको छ । विगतमा सो स्थानमा सडक पुलको अभावमा विमारीहरुलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरु बजारमा बिक्री वितरणमा लैजानकालागि असुविधा हुदै आएको थियो । वागमती प्रदेश सरकार अन्तर्गत पुर्वाधार विकास कार्यालयको २० […]
भदौ २३ को मानवीय क्षतिको जिम्मा रवि र बालेनले लिनुपर्छ : एमाले सांसद भण्डारी
विराटनगर । नेकपा एमालेका कोशी प्रदेश सांसद रेवतीरमण भण्डारीले जेनजी आन्दोलनका क्रममा भएको विध्वंस र त्यस क्रममा भएका मानवीय क्षतिको जिम्मेवारी रवि लामिछाने र बालेन शाहले लिनुपर्ने बताएका छन् । कोशी प्रदेशसभाको मंगलबार बसेको विशेष समयमा बोल्दै भण्डारीले युवाहरूलाई ढाल बनाएर राजनीतिक स्वार्थ पूरा गर्न खोजिएको र देशलाई अस्थिरतातर्फ धकेलिएको आरोप लगाए । ‘शान्तिपूर्ण आन्दोलनको […]
दार्चुलामा प्रहरी हवलदार हत्या प्रकरण : तीन पक्राउ, चार जना फरार
धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ का २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र […]











