छानबिन समितिको निष्कर्ष : देवानगञ्ज र गोलबजारमा सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भयो

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा चार जनाको ज्यान जाने गरी भएका दुखद घटनामा सुरक्षाकर्मीबाटै गोली चलेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ। गृह मन्त्रालयद्वारा गठित दुई अलग-अलग छानबिन समितिले आफ्नो अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउँदै उक्त कुरा सार्वजनिक गरेका हुन्। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद र […]

अनलाइन व्यापार अनिवार्य दर्ता गर्न सरकारको ताकेता

काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार-व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो । विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी […]

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ। महामन्त्री विपिन आचार्यले मंगलबार एक सूचना जारी गर्दै शुक्रबार केन्द्रीय समिति बस्ने जनाएका छन्। उनका अनुसार पार्टी सभापतिको निर्देशानमा शुक्रबार बैठक बोलाइएको हो। केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने भएकाले अनिवार्य उपस्थितिका लागि सूचित गरिएको उनले जारी गरेको सूचनामा […]

मकवानपुर गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु

हेटौडा । मकवानपुरमा गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ८ बजे भीमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए। मृतक ४९ वर्षीय लक्ष्मी बडू हुन्। उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडूकी श्रीमती हुन्। उनको टाउकोमा […]

बिपी राजमार्ग चौडा पार्न बन्यो डिपीआर

भक्तपुर । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्रे  भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको […]

उपसभामुख ठाकुरले दिइन् पत्रकार किशोर श्रेष्ठविरूद्ध जाहेरी

काठमाडौँ । प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा पत्रकार श्रेष्ठविरूद्ध जाहेरी दिएकी हुन्। यसबारे परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीले पुष्टि गरेका छन्। ‘जाहेरी आएको छ। त्यसभित्रको सबै विवरण हेरिसकेका छैनौं। प्रक्रियामा छ,’ उनले भने। कुन कसुरमा जाहेरी परेको भन्ने उनले खुलाएनन्। जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने […]

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि […]

रिहा भए पत्रकार किशोर श्रेष्ठ

काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सोमबार बन्दीप्रत्यक्षकरणकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) दान बहादुर थापाले जानकारी दिए। श्रेष्ठ थुनिएपछि विभिन्न कोणबाट आएका क्रियाप्रतिक्रियालाई सर्वोच्च अदालतले संवैधानिक तथा कानूनी निरुपण गरिदिएको छ […]

करदाता प्रोत्साहन पुरस्कार सार्वजनिक

काठमाडौ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट मात्र ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन्। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्येबाट १६ जना विजेताले जनही एक लाख […]

पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरीएको भन्दै सञ्चार सामाग्री समेत जफत गरेको थियो ।  आफ्ना पतिलाई गैरकानुनी रूपमा पक्राउ परेको […]