आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशको […]

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

विराटनगर । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ […]

सुरुङमार्ग उद्घाटन गर्दा धन्यवाद दिएकी दिएनन् होला : युवराज दुलाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सचेतक युवराज दुलालले देशमा पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकासका कामलाई बेवास्ता गरेर “केही भएन” भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दुलालले सुरुङमार्गदेखि अन्तर्राष्ट्रिय विमानस्थल, सडक विस्तार, ऊर्जा उत्पादन तथा खेल पूर्वाधारसम्मका थुप्रै विकासका काम सम्पन्न भएको वा […]

लायन्स क्लब अफ काठमाडौं अनुपमको पद हस्तान्तरण

लायन्स क्लब अफ काठमाडौं अनुपमको पाँचौं चार्टर नाइट समारोह तथा पद हस्तान्तरण कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका पूर्व डिष्ट्रिक्ट गभर्नर डिके ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथिले लायन्स अभियानले समाजमा पुर्‍याउँदै आएको मानवीय सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको प्रशंसा गर्दै क्लबले […]

घिमिरेलाई हेडक्वार्टर तानेर कोशी प्रहरी प्रमुखमा खनाललाई पठाइयो

काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो । सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई त्यहाँ पठाइएको हो । […]

सुनसरीमा तनाव झन् बढ्यो, कर्फ्यु लागेर सेना परिचालन हुँदा समेत रोकिएन प्रदर्शन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनले सोमबार उग्र रूप लिएको छ । आइतबार रातिको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले सोमबार सुनसरी जिल्लाका विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन् । कप्तानगञ्जमा आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली […]

सांसदलाई स्वकीय राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। स्वकीय सचिव राख्न दिने निर्णयलाई बदर माग गरिएको रिटमा सोमबार न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। गत असार ३० गते बसेको मन्त्रिपरिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। […]

एमालेसँगको सहमतिप्रति असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

काठमाडौं । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड माधवलाई भेट्न उनकै निवास पुगेका थिए । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाएका छन् । विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति […]

साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । सुनसरीमा धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् । आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ […]

काठमाडौंको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा […]