हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को एक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। शुक्रबार हर्मुज जलमार्गबाट पार हुँदै गरेको एडीएनओसीको जहाजमाथि इरानले आक्रमण गरेको युएईले आरोप लगाएको हो। एडीएनओसीले घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको जनाएको छ। […]

मुग्लिन-काठमाडौं सडकखण्ड ८ घण्टापछि दुईतर्फी सञ्चालनमा

काठमाडौं । मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको […]

देशभर मनसुनी वायुको प्रभाव : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी […]

आज काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?

काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ । निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त […]

सेप्टेम्बर दोस्रो सातालाई सारियो रवि लामिछानेको चीन भ्रमण

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ ।  यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो । तर, आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको रास्वपा स्रोतले बतायो । भ्रमणका क्रममा उनी तिब्बतस्थित मानसरोबरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताए । […]

पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

काठमाडौ । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन समारोह आयोजना गरिएको छ। समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा नेपालमा रहेका पाकिस्तानी समुदायका सदस्य, नेपाली मित्र तथा दूतावासका अधिकारी र उनीहरूका परिवारका सदस्यको सहभागिता थियो। समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफ तथा […]

बाढीले भत्कायो दुई हप्ता लगाएर सुस्तावासीले बनाएको बाँध, वस्ती जोखिममा

काठमाडौं । नवलपरासीले सुस्तावासीले दुई हप्ता लगाएर निर्माण गरेको बाँध बाढीले भत्काएको छ । सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले सुस्ता गाउँपालिका ५ को थारुटोलामा बनेको बाँध शुक्रबार बाढीले बगाएको बताए । ‘२५–३० लाख जतिको श्रमदानबाट हामीले १०–१५ दिन लगाएर बनाएको बाँध हिजो रातीको बाढीले भत्कायो ।’ खानले भने, ‘सुस्तावस्ती नै अहिले जोखिममा छ […]

अमेरिकामा नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज

काठमाडौं । अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन । हाल अमेरिकी सरकारले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको […]

शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल गर्दै मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो। मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, […]

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । सिन्धुपाल्चोकको […]