प्रशासनिक सुधार, कानुन परिमार्जन र विकासलाई गति दिनेसम्म सचिव बैठकका १० निर्णय सार्वजनिक

काठमाडौँ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भदौ १ गते बसेको सचिवहरूको बैठकले प्रशासनिक सुधार, कानुन परिमार्जन र विकास निर्माणलाई गति दिने गरी १० निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले चालू आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ का रूपमा कार्यान्वयन गर्ने निर्णय गर्दै प्रचलित कानुनहरूको समसामयिक परिमार्जन, खारेजी […]

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने […]

ट्रम्पको होर्मुज दाबीपछि इरानी व्यङ्ग्य : ‘क्यालिफोर्निया इस्लामिक गणतन्त्र इरानको नयाँ भूभाग’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर दाबी गरेपछि इरानी कूटनीतिज्ञहरूले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। भारतस्थित इरानी कूटनीतिज्ञहरूले अमेरिकाको नक्सा सार्वजनिक गर्दै क्यालिफोर्नियालाई हाइलाइट गरेर त्यसमा ‘इस्लामिक गणतन्त्र इरानको नयाँ भूभाग’ लेखेका छन्। भारतको हैदराबादस्थित इरानी वाणिज्य दूतावासले उक्त नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेको हो। यो पोस्ट स्पष्ट रूपमा व्यङ्ग्यात्मक […]

प्रहरीले ५० लाखसम्म घर कर्जा पाउने, यस्ता छन् अन्य सुविधा

काठमाडौं । नेपाल प्रहरीले आफ्ना बहालवाला तथा अवकाशप्राप्त कर्मचारीका लागि ५० लाख रुपैयाँसम्मको घर कर्जासहित विभिन्न बैंकिङ सुविधा पाउने भएको छ। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच भएको नयाँ समझदारीअनुसार प्रहरी कर्मचारीले घर, गाडी तथा शैक्षिक कर्जासहित बीमा सुविधासमेत प्राप्त गर्नेछन्। सम्झौताअनुसार बहालवाला प्रहरी कर्मचारी तथा अवकाशप्राप्त, अमर/सहिद र अशक्त प्रहरी कर्मचारीले अधिकतम ५० लाख […]

देशभर मनसुनी वायुको प्रभाव : आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली […]

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूचीसहित

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन् । दिउसाे १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विगचार […]

संघर्षका लागि तयार रहन प्रचण्डको निर्देशन

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्तालाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी देखिएको र राष्ट्रिय स्वाधीनताको विपक्षमा  रहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गर्नुपर्ने अवस्था आउन सक्ने बताए। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र […]

छानबिन समितिको निष्कर्ष : देवानगञ्ज र गोलबजारमा सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भयो

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा चार जनाको ज्यान जाने गरी भएका दुखद घटनामा सुरक्षाकर्मीबाटै गोली चलेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ। गृह मन्त्रालयद्वारा गठित दुई अलग-अलग छानबिन समितिले आफ्नो अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउँदै उक्त कुरा सार्वजनिक गरेका हुन्। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद र […]

अनलाइन व्यापार अनिवार्य दर्ता गर्न सरकारको ताकेता

काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार-व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो । विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी […]

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ। महामन्त्री विपिन आचार्यले मंगलबार एक सूचना जारी गर्दै शुक्रबार केन्द्रीय समिति बस्ने जनाएका छन्। उनका अनुसार पार्टी सभापतिको निर्देशानमा शुक्रबार बैठक बोलाइएको हो। केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने भएकाले अनिवार्य उपस्थितिका लागि सूचित गरिएको उनले जारी गरेको सूचनामा […]