सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् […]
समाचार
अर्काको नागरिकता प्रयोग गरि बैंक खाता खोलेको अभियोगमा पक्राउ
अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो […]
अब बजेटबाटै क्रान्ति गरिने प्रधानमन्त्रीको उद्घोष, जनताले राहत पाउने जिकिर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटले सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादी धार समात्ने सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र उत्पादन लगायतका हरेक क्षेत्रमा सामाजिक न्यायको जनताले महसुस गर्नेगरी बजेट केन्द्रित हुने उनले सार्वजनिक गरेका हुन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई […]
अनेसास गर्यो नवरत्न पुरस्कार हस्तान्तरण
२०८० माग १४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नवरत्न पुरस्कार २०२३ बाट पुरस्कृतहरूलाई पुरस्कारसहित प्रमाणपत्र समर्पण गरेको छ । अनेसासको नियमित ‘अनेसास संवाद’ कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण भएको हो । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ अनु शाह (बोस्टन, अमेरिका), आचार्य प्रभा (कोलोराडो, अमेरिका), ज्योति राई (न्युयोर्क, अमेरिका), माया गुरुङ (बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया, अमेरिका), शान्ता घिमिरे […]
थुनुवा भगाउन एक करोडको डिल, ६ लाख बुझेर प्रहरीले नै भगाए
काठमाडौं । लागूऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड मागेका र कुराकानी गर्दा रु १० लाखमा डिल भएको भए पनि रु छ लाख २५ हजार लिएर थुनुवालाई भगाएको खुलेको हो […]
धरहरामा निःशुल्क पार्किङ सुरु
काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप […]
ग्यालेक्सी टिभीका मालिक राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी
काठमाडौं । ग्यालेक्सी टेलिभिजनका मालिक जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । बिभिन्न सहकारीमा अर्बौ रकम अपचलन गरेको आरोप लागेपछि फरार भएका राईका विरुद्ध डिफ्यूजन नोनिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोलको सचिवालयलाई अनुरोध गरी पत्राचार गरेको हो । केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी […]
उपत्यकामा यसवर्षकै जाडो, २ डिग्रीमा झर्यो तापक्रम
काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाको तापक्रम २ डिग्रीमा झरेको छ । तापक्रम निरन्तर घटेसँगै उपत्यकामा यो वर्षकै बढी जाडो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ […]
काठमाडौंमा अत्यधिक चिसो, तापक्रम यस वर्षकै न्यून
काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जनाएको छ । यो यस वर्षकै न्यून तापक्रम हो । महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसअघि यही माघ ८ […]
स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो
बाग्लुङ्ग । बाग्लुङ्गको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आइतबार कार्यालय समयमा केसीलाई कालोमोसो दलिएको हो । म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको उक्त पार्टीका जिल्ला इन्चार्ज अजनवीले बताएका छन् । बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य […]










