काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् । नेपाल बिधुत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दिपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् । उता, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको स्थानमा संसदीय समितिमा सहभागिताको लागि भूमि ब्यवस्था तथा सहकारी मन्त्री […]
समाचार
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । बैशाख २१ गतेदेखि शुरु हुने परीक्षा जेष्ठ २ गतेसम्म चल्ने परीक्षा नियन्त्रक कृृृष्ण शर्माले जनाएका छन् । भोलि बिहीबारबाट गर्ने भनिएको परीक्षा जारी शिक्षक आन्दोलनका कारण सरेर नयाँ कार्यतालिका सार्वजनिक भएको हो । यस वर्ष कक्षा १२ […]
जम्मू कश्मिरको आतंकवादी हमलामा ज्यान गुमाउने न्यौपाने परिवारका एक्लो छोरा
बुटवल । भारतको जम्मु काश्मिरस्थित पहलगाम पर्यटकीय क्षेत्रमा भएको आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हमलामा मारिने २६ वर्षिय सुंदिप न्यौपाने रुपन्देही, बुटवलका भएको पहिचान खुलेको हो । न्यौपाने वुटवल–११, कालिकानगरका भएको पारिवारिक श्रोतले बताएको छ । न्यौपाने धरानमा पब्लिक हेल्थ पढ्दै गरेका विद्यार्थी भएका परिवारको भनाइ छ । उनी आमा र बहिनी ज्वाइँ […]
बढ्यो विकास बैंकको खराब कर्जा
सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको चैतमसान्तसम्म ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशत धेरै हो । गत वर्ष बैंकहरुको नाफा ३ अर्ब ५३ करोड ८८ लाख रहेको थियो । गत वर्षको भन्दा अहिले नाफामा झिनो सुधार आए […]
पूर्व प्रहरी महानिरीक्षक दुर्लभ थापाको निधन
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ। थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो । प्रहरी महानिरिक्षक दिपक थापाले […]
भारतको जम्मू-कश्मिरमा आतंकवादी हमला हुँदा एक नेपालीको निधन
भारतको जम्मू – कश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलामा परी एक नेपालीको ज्यान गएको छ । उनी पर्यटकको रुपमा रहेका बेला हमलाको शिकार भएका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार ज्यान गुमाउने ब्यक्ति संदीप न्यौपाने हुन् । २६ जनाले आक्रमणमा परेर ज्यान गुमाएका र दुई दर्जनको पहिचान खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आतंकबादी […]
शिक्षा सचिव हावी हुँदा एकदिन पनि टिकेन परीक्षा बोर्डको निर्णय
भक्तपुर । बिहीबारबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर सरेको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बेलुकी सानोठिमीमा बसेको बैठकले परीक्षा बैशाख २१ गतेदेखि शुरु गर्नेगरी सार्ने निर्णय गरेको हो । मंगलबार बिहान परीक्षा नसार्ने भन्दै गरेको निर्णयबाट पछि हट्दै परीक्षालाई बैशाख २१ गतेबाट शुरु गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष डा […]
आफूबिनाको एमाले कल्पना नगर्न अध्यक्ष ओलीको चेतावनी, अझै २५ वर्ष बुढो नहुने उद्घोष
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा नहुने चेतावनी दिएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले सो चेतावनी दिएका हुन् । आफ्नो उमेर र स्वास्थ्य अवस्थालाई लिएर कसैले चिन्ता गर्नु नपर्ने कटाक्ष गर्दै […]
सय करोड क्लबमा सन्नीको तेस्रो फिल्म
न्यूजकारखाना, मुम्बई । सन्नी देओलको एक्शन ड्रामा जाटले विश्व बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गरेको छ । साथै, यो सँगै बक्स अफिसमा यस उपलब्धि हासिल गर्ने अभिनेता देओलको तेस्रो फिल्मसमेत बनेको छ। सुपर डुपर हिट गदरः २ पछि एक सय करोड पार गर्ने सन्नी देओलको यो लगातार दोस्रो चलचित्र हो । गोपीचन्द मल्लिनेनी द्वारा […]
कक्षा १२ को परीक्षा रोकिँदैन : अध्यक्ष डा शर्मा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको जानकारी गराउदैँ अध्यक्ष डा महाश्रम शर्माले परीक्षा निर्धारित मितिमै हुने बताए । “कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन […]










