कोरोना महामारीको प्रभाव र सामाजिक मनोविज्ञानको अवस्था

करिव साढे पांच महिना अघि देखी चिनको वुहान प्रान्तबाट फैलिएको कोभिड 19 अर्थात कोरोना भाइरस ले विस्वभर ४४३४६५३ मानिसहरु संक्रमित भएका छन भने यसको संक्रमणबाट बाल बच्चा, दिर्घरोगी, वृद्ध उमेर समुहका मानिसहरु आजसम्म कूल ३०२१६९ जना संक्रमितले कोरोना संक्रमणबाट मृत्यु हुन पुगेका छ्न । यस महामारीले मानिसको जिवन लाइ लामो समय सम्म असर पर्ने गरी […]

रौतहट र बाराका थप ९ जनामा कोरोना संक्रमणपृष्टि, संक्रमित ३०४ पुगे

काठमाडौं । सोमवार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रौतहट र बारामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय […]

बाटो बन्द र दुर्ब्यबहार गर्ने लाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

    जेष्ठ ५, काठमाडौं ।    काठमाडौँका लगाएतका सडकमा स्थानीयले बाँसका तगारो लगाएर बन्द गराएपछि आइतबार गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । अतिआवस्यक काममा हिडेका स्वास्थ्य कर्मी , कर्मचारी ,पत्रकार लगाएत समेत लाई परिचय पत्र माग्ने, सडक बन्द गरि हातमा लाठा लिएका […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं ।सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ […]

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन समितिको सिफारिस

काठमाडौँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । कार्यदलले मन्त्रिषरिषद्‍मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए । देशका विभिन्न स्थानमा कोरोना […]

कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।  बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]

शिवराजमा पहिलो पटक कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । शिवराज नगरपालिका ३, पुरानो छालाफैक्ट्री हाल सुपादेउराली रिसोर्टमा रहेको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा नयाँ कोरोना पोजेटिभ भेटिएको हो । उनीहरु साताअघि भारतको मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । कृष्णनगर नाका हुँदै लुकिछिपी तीनै जना फरक फरक मितिमा नगर प्रवेश गरेको बताइएको छ […]

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो । आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या […]

यसरी गरिन्छ कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि

काठमाडौँ । सरकारले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुका शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोभिड-१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ । कोभिड-१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने र यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]