क्यान्सरसंग लडिरहेकी महिलालाई औद्योगिक शान्ति नेपालको रु १ लाख सहयोग

काठमाडौ । औद्योगिक शान्ति नेपाल संस्थाले रोल्पाकी क्यान्सर पीडित बिपन्न महिलालाई आर्थिक सहयोग गरेको छ ।

संस्थाले रोल्पा जिल्लाको नुवागाउँ त्रिवेणी गाउँपालिका- ३ कि ५३ वर्षीया धनकली बुढामगरलाई नगद रु. एक लाख सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष सन्दिप महतले सो रकम नगदै हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष महतले ३ वर्ष देेेेखि क्यान्सरको उपचार गराइरहेकी क्यान्सर पीडित धनकलीलाई थप उपचारमा सहयोग होस् भन्ने उदेश्यले रकम हस्तान्तरण गरिएको जानकारी गराए । 

अध्यक्ष महतले बताए अनुसार ५३ वर्षीया बुढा मगर तीन वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी छन्। सुरुमा पाठेघरको मुखमा देखिएको क्यान्सर अहिले शरीरभरि फैलिएको छ ।

उपचारमा आर्थिक अभाव भएको थाहा पाएपछि आफूहरूले सहयोगको हात अघि बढाएको अध्यक्ष महतले बताए ।

औद्योगिक शान्ति नेपाल संस्थाले मेलामहोत्सव आयोजना गर्ने गर्दछ । सोहीवापत बचेको रकमको केही हिस्सा हरेक वर्ष सामाजिक सेवामा खर्च गर्दै आएको अध्यक्ष महतले जनाएका छन् ।

यस वर्ष पनि त्यसैको निरन्तरता स्वरुप क्यान्सर पीडित महिलालाई सहयोग गरिएको उनको भनाइ छ ।