यस्तो छ काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको […]

अब साउन १ गतेदेखि सरकारी निकायले चेक काट्न नपाउने

काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको […]

बलात्कार आरोपमा बालगृहकै प्रमुख अधिकृत पक्राउ

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकास्थित एक बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत मधुसुदन राउतलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी परेपछि प्रहरीले राउतलाई काठमाडौको काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले […]

माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ, सरकारको उपलब्धि घुसकाण्ड मात्र भएको आरोप

REKHA SHARMA

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा घुसको डिल गरेको आरोप लागेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले तत्काल छानबिन गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको नाम जोडिएको घुस प्रकरणबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताइन् । उनले […]

बाटोमा स्पष्टीकरण दिदैँ प्रधानमन्त्री भन्छन्, “स्पेनमा मान्छे छोड्यो भन्नेलाई जवाफ दिनु जरुरी छैन”

KP sharma oli

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुटा र आधारहीन प्रचार गरिएको बताएका छन् । उनले “स्पेनमा मान्छे छाडेर आयो” भन्ने जस्ता हल्ला केही विरोधी र अराजक तत्वबाट फैलाइएको दाबी गर्दै यस्ता कुराको जवाफ दिन आवश्यक नरहेको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका […]

स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद […]

इनरुवामा शंकास्पद तरिकाले घरभित्रै मृत भेटिए दम्पत्ति

विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ । सवेताको शव […]

राजेन्द्र लिङ्देनविरुद्ध लट्ठी टेकेर निर्वाचन आयोग पुगे नवराज सुवेदी

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष […]

बुङ्गल हाइड्रोको आइपिओ खुला

IPO

काठमाडौ । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।जसमध्ये पहिलो चरणमा जारी पूँजीको […]

अन्टार्कटिकामा साउदी अरबको भन्दा ठूलो तेलखानी फेला

मस्को,रुस । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् ।  रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् ।  यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शंकाहरू खडा गरेको छ। रुसको यो […]