ज्ञानेन्द्र शाह स्वयंको कारण राजतन्त्र समाप्त भएको हो : सिटौला

ललितपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्ने विचार वी.पी. कोइरालाको मूल धारणा रहेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको ४३औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा सिटौलाले वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने वी.पी. को सोच अनुरुप कांग्रेस चलेको स्पष्ट […]

ख्वप इन्जिनियरिङ कलेजका ९३ विद्यार्थीलाई ४४ लाख बढी छात्रवृत्ति वितरण

bhaktapur municipality building

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले बुधबार गरिब, जेहेनदार र अनुशासित विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति रकम वितरण गरेको छ। एक कार्यक्रमका बीच २०७७ देखि २०८० सालसम्म भर्ना भएका कलेजका ९३ जना स्नातक तहका विद्यार्थीलाई कूल ४४ लाख २८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका […]

भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको निधन

भक्तपुर । भक्तपुरको सूर्यविनायक-जगाती सडकखण्डमा पर्ने सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा बसको ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गएको छ।   मंगलबार बिहान करिब सबा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा. ५ ख. ४७८२ नम्बरको बसले बाटो काट्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।   भक्तपुर नगरपालिका–४ […]

काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा […]

मनोहरा बस्ती बचाउन वाइसीएलले बनायो बाँध(फोटो फिचर)

भक्तपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग(वाइसीएल) नेपालले भक्तपुरको मध्यपुर थिमि-१ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा अस्थायी बाँध बनाएको छ । मंगलबार बिहान उपत्यकाका तीनै जिल्लाको शक्ति केन्द्रीत गरी वाइसीएलले लोहकिल्थलीको सुकुम्बासी बस्तीमा पर्ने मनोहरा खोलामा अस्थायी बाँध बाँधेको हो । ‘श्रम तथा उत्पादनमा वाईसीएल अभियान’ अन्तर्गत मंगलबार लोहकिल्थलीस्थित मनोहरा बस्तीलाई डुबानबाट बचाउन […]

मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी तुरुन्त फिर्ता गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ गर्न लागेको हो । मुख्य सचिवको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । साथै […]

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका […]

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन-तीन मिनेट बोल्ने समय दिइएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै […]

राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज (मंगलबार) दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकको सम्भावित कार्यसूचीअनुसार दुई विधेयकमाथि प्रस्ताव पेस गरिने छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नेछिन्। त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) […]

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा बढी वर्षा, देशभर कहाँको अवस्था कस्तो छ ?

काठमाडौँ। पछिल्लो १२ घण्टाको अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५०–५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर मापन गरिएको छ। वर्षा गराउने बादल बिस्तारै दक्षिण–पश्चिमतर्फ सर्दै गएकोले अहिले ती क्षेत्रमा वर्षा […]