संघीयताको मर्मलाई थप बलियो बनाउन स्वदेशका नगर–नगरबिच भगिनी सम्वन्ध स्थापनामा जोड दिएका छौँः मेयर शाक्य

काठमाडौँ । जुम्लाको चन्दनथान नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले आज त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ । केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो । […]

सिमकोट विमानस्थलमा आगलागी हुँदा धन्नले बाँचे प्राधिकरण प्रमुख

काठमाडौं, १८ मंसिर । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थलमा आगलागी हुँदा नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख धन्नले बाँचेका छन् ।  विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारी बिहीबार बिहानै अचानक भएकाे आगलागीबाट धन्नले बाँचेका हुन । हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएकाे हाे। […]

एसियन गेमका लागि नेपालसँग सहयोग माग्न कतारी टोली काठमाडौंमा

काठमाडौं । कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ। कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो। कतारले सन् २०३० को एसियन खेलकुद […]

जापानमा २०३० पछि पेट्रोल कारको बिक्री बन्द हुने, विद्युतीय सवारीलाई प्राथमिकता

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ। जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई […]

चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको ढुंगा संकलन गरी पठायो पहिलो रंगीन तस्बिर

काठमाडौं । चन्द्रमाको ढुंगाको नमुना संकलन गर्न गएको चिनियाँ अन्तरिक्ष यानले बुधबार राति सफलतापूर्वक ढुंगा र माटोको नमुना संकलन गरेको छ। ढुंगाको नमूना संकलन गरेपछि चीनको मुन ल्यान्डरले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर खिचेर पृथ्वीमा पठाएको चीनले जनाएको छ। चाङ ई–५ मिसन अन्तर्गत चिनियाँ यान यसपटक चन्द्रमामा पुगेको हो। मंगलबार चिनियाँ यान सफलतापूर्वक चन्द्रमामा अवतरण […]

काङ्ग्रेस वरिष्ठ नेता पौडेल पक्राउ घटना राजनीतिक प्रतिशोध र शक्ति उन्मत्ताको संज्ञा

काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ घटनालाइ अर्कानेता नविन्द्र राज गोशीले सुनियोजित, राजनीतिक प्रतिशोध र शक्तिको उन्मत्ताको संज्ञा दिएका छन्। तनहुको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रममा नेता पौडेलसँगै प्रहरीले तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि हिरासतमा लिएको हो। व्यास नगरपालिकाले उक्त पुल बुधबार दिउँसो १ बजे वरिष्ठ नेता […]

कोरोना विरुध्दको खोप बेलायतमा यसै हप्तादेखि लगाइने

काठमाडौं । । कोरोना विरुध्दको खोप बेलायतमा यसै हप्तादेखि लगाइने भएको छ। बेलायतले फाइजर बायोटेकले तयार गरेको कोराेना भाइरस विरुद्धको खोपलाई हालै बेलायत स्वीकृति दिएको हो । कोरोना विरुद्धको खोपलाई मान्यता दिने पहिलो मुलुकमा बेलायत भएको बीबीसीले जनाएकाे छ । फाइचर कम्पनीले केहिसमय अगाडी विकास गरेको खोप ९५ प्रतिशत मात्र हुन सफल परिक्षण भएको तथ्याङ्क सार्वजनिक […]

चाबहिल क्षेत्रमा मनाइने चन्द्र विनायक र ध्व द्य : जात्रा सिमित गुठियारको उपस्थितिमा मनाइए

काठमाडौँ। हाडीगाउँस्थित धनगणेशलाइ तान्तिक साधना गरि तानेर चाबहिल चैत्य नजिक प्रतिस्थापित चन्द्र विनायेकलाइ ल्हशाला गणेशका नाउमा हरेक बर्ष झैँ सोमबार मंशिर पुर्णिमाका दिन जात्रा मनाइएको छ। कोरना महामारीका बीच चन्द्र विनायकलाइ विभिन्न टोल टोलमा लागि खट जात्रा गरिएको छैन। यो बर्ष सिमित गुठियार समुदाय सम्मिलित भएर मन्दिर परिषर भित्र सिमित हुने गरि छोट्याई जात्रा मनाएका […]

२४ घन्टामा १३०४ जनामा कोरोना संक्रमण, २०७३ डिस्चार्ज, २१ को मृत्यु

काठमाडौं, १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको मन्त्रालयले जनाएको छ। आद देशभर सक्रिय संक्रमितको […]

नेकपा सचिवालयमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकका लागि यसअघि नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यसूची राखिएको थियो । यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो । […]