एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी

बेल्जियम,। गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । विजय दाहालले ११ सय ८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी […]

श्रमजीवी पत्रकार ऐन पूर्णतः लागु गर्न सरकारलाई महासंघको आग्रह

काठमाडौँ, २३ भदौ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र राज्यमन्त्री तप्तबहादुर विष्टको कार्यकक्षमा पुगी महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोलीले मिडिया सञ्चालक, महासंघ र सञ्चार मन्त्रालय एकजुट भई श्रमजीवी ऐन लागू गर्नुपर्नेमा जोड दिएको हो । श्रमजीवी पत्रकार ऐनले छापामाध्यम, रेडियो, […]

दुई भारतीयलाई गोली हानेको भन्दै दुई नेपाली पक्राउ

भीमदत्तनगर, २३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोलीहानी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सीमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन सङ्घ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवालाई […]

नवनिर्वाचित नगर प्रमुखहरुका लागि कोरिया अवसर

पोखरा, २३ भदौ । हालै सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित नगरप्रमुखहरुलाई दक्षिण कोरिया जाने अवसर जुरेको छ । यस अवसरलाई सदुपयोग गर्दै पाँच जना नगरप्रमुखहरु दक्षिण कोरिया जाने भएका छन् । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्फ जानु हुने भएको हुन । […]

१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर । परिवारमा यस्तो विजाेग

पर्वत, २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन् । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको […]

मेयरदेखि वडा अध्यक्षसम्म पत्रकारहरुकाे धमाधम उम्मेदवारी

महाेत्तरी, २३ भदाै । असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार […]

नेपाल डुबाएर भारत जाेगाउने खतरानाक दाउ

धरान, २३ भदाै । सुनसरीको बराहक्षेत्रदेखि १.६ किलोमिटर उत्तर धनकुटाको सुनखम्बी भन्ने ठाउँमा बन्ने भनिएको सप्तकोशी उच्च बाँधको नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणको क्रममा बाँधबारे सहमति गरेको विरोधमा बिहिबार यो पार्टीले धरानमा वृहत् विरोध प्रर्दशन तथा सभा आयोजना गर्‍यो। नेत्रबहादुर चन्द्र विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कोशी […]

१३३ भवन अझै बनेनन् । ठेकेदार र भवन विभागको चरम लापरवाही

काठमाडौं, २३ भदाै । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक वर्षमा निर्माण सम्पन्न गराएका थिए । तर अहिले दुईतलाको एउटा भवन ९ वर्षमा पनि निर्माण हुँदैन । यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती […]

किन प्रम देउवा र उनका मन्त्रीहरु कुनै हालतमा सम्पति नदेखाउने भन्दैछन ?

Sher Bahadur Deuba

काठमाडौं, २३ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन । तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास गरेको पाइएको छ । भ्रष्टचार निवारण […]

माओवादीका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

दोलखा । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी […]