प्रचण्डले खोले अर्को रहस्य, अबको प्रधानमन्त्री केपीलार्इ बनाउने सहमति भएको प्रचण्डको दावी

काठमाडौं, १४ मंसिर । वाम गठबन्धनकाे देशव्यापी लहर राम्राे भएकाे भन्दै नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब वामपन्थीकाे नेतृत्वमा स्थायी सरकार गठन हुने दावी गरेका छन् । साथै प्रचण्डले अब बन्ने सरकारकाे नेतृत्व एमाले अध्यक्ष केपी शर्मा अाेलीले गर्ने घाेषणा पनि गरेका छन् । प्रचण्डले एक सञ्चारमाध्यमसँग कुरा गर्दै साे घाेषणा गरेका हुन् । […]

गच्छेदार पत्नी प्रमुख अतिथि रहेकाे कार्यक्रमस्थलमै वम विष्फाेट भएपछि भागाभाग

सुनसरी, १४ मंसिर। इटहरी उपमहानगरपालिका भलादमी टाेलमा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रमस्थलमा वम विष्फाेट भएकाे छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा अायाेजित कार्यक्रममा हालै फाेरम लाेकतान्त्रिककाे अध्यक्ष पद समेत छाेडेर नेपाली कांग्रेसमा फर्केका विजय कुमार गच्छेदार पत्नी निर्मला गच्छेदार प्रमुख अतिथिका रुपमा बाेलाइएकी थिइन । कार्यक्रम सुरु नहुँदै भएकाे वम विष्फाेटबाट चार जना […]

मधेशी नेता हृदयेश त्रिपाठीले पत्रकार सम्मेलन अायाेजना गरेर भने ‘म एमालेमा प्रवेश गर्दैछु’

नवलपरासी, १३ मंसिर । नवलपरासी पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्धवार बनेका हृदेश त्रिपाठीले निर्वाचनपछि आफू एमालेमा प्रवेश गर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता त्रिपाठीले भने, ‘अहिले हामीले एमालेको सुर्य चिन्ह लिएर चुनाव लड्दैछम, पश्चिम मधेशका नेताहरु हामी स्वतन्त्र रुपमा […]

निर्वाचनमा खटिएका म्यादी प्रहरीसहित चार जना कर्मचारीको मृत्यु

काठमाडाैं, १४ मंसिर । चुनावको क्रममा हालसम्म चार जना कर्मचारीको मृत्यु भइसकेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अनिवार्य विमा भएकाले उनीहरुका परिवारले २० लाख क्षतिपूर्ति […]

यसरी खसेको थियो त्रिशुलीमा यात्रुवाहक बस

बुधवार बिहान राजधानी काठमाडाैंबाट अर्घाखाँची जाँदै गरेकाे बस त्रिशुली नदीमा खस्याे । दुर्घटनामा परी ८ जनाकाे मृत्यु भयाे भने १९ जना घाइते भए । यस दुर्घटनाबाट भाग्यले घाइते भएर पनि बाँचेकी इन्दिरा दमासेले दुर्घटनाबारे यसरी भनेकी छन् । म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो […]

ग्रीन टी भनेर खतरानाक लागु औषधको गज्जवको धन्धा

काठमाडाै|, १४ मंसिर । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए । बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो । ग्रिन टी नभएर त्यो […]

सिंहदरवारमा करोडौं रकम बाँड्दै सरकार, देउवाले कार्यकर्तालार्इ बाँडे राज्यकोषबाट ७५ करोड

काठमाडौं, १४ मंसिर । निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ […]

मान्छेका अहम र कामवासनालाई वेवास्ता गर्नु मार्क्सवाद र कम्युनिस्टहरुको ठूलाे कमजोरी

नेपालमा प्रजापरिषदपछि कांग्रेस आयो, कांग्रेसपछि एमाले र एमालेपछि एमाओवादी आयो । म आफैं एमाओवादीको नेता हुनुको नाताले यो पार्टीले नै नेतृत्व गरोस् भन्ने चाहन्छु । सायद नेपाली कांग्रेसका साथीहरुमा पनि २००७ सालदेखि क्रान्ति गरेको कांग्रेसले नै गर्न सक्छ भन्ने लाग्न सक्छ । मध्यमार्गमा बसेको सन्तुलनमा रहेको एमाले नै देशको नेतृत्व गर्न सक्छ भन्ने एमालेका साथीहरुलाई […]

तेश्रो धुर्वको रुप र नयाँ युगको स्वरुपमा संघीय समाजवादी फोरम – राजेन्द्र श्रेष्ठ

            मंसिर १३, काठमाडौँ / संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार राजेन्द्रप्रसाद श्रेष्ठले जातिय मुक्तिका लागि संघीयता र बर्गिय मुक्तिका लागि समाजवादको नारा सहित हिमाल, पहाड तथा तराई सवै अट्ेको एक मात्र पार्टी संघीय समाजवादी फोरम नेपाल भएको बताएका छन्। सह–अध्यक्ष श्रेष्ठले संघीय समाजवाद फोरम तेश्रो धुर्व्को रुपमा […]

बालुवाटारपछि उदयपुरमा शक्तिशाली बम विष्फोट, का‌ंग्रेस उम्मेदवार कार्की गम्भीर घाइते

उदयपुर, १३ मंसिर । उदयपुरकाे कटारी नजिकै पर्ने दनुवार बेंसीमा वम विष्फाेटमा परी नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । नेपालटार बजारमा आयोजना गरिएकाे आमसभामा सहभागी जाँदै गर्दा कार्की चढेकाे गाडी सडक मुनि बिच्छ्याइएकाे एम्बुसमा पर्दा कार्कीसहित चार जना घाइते भएका हुन् । बिहान करिब साढे १० बजेतिर भएकाे विष्फाेटबाट घाइते भएका […]