काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया […]
समाचार
सुपर-८ चरणको पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
कोलम्बो । आज टी-२० विश्वकपको सुपर-८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल कोलम्बोको आर प्रेमादासा स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ। दुवै टोली समूह चरणमा आ-आफ्नो अन्तिम खेल जितेर यो चरणमा प्रवेश गरेका हुन्। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेर १-१ खेलमा हार बेहोरेका थिए। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र […]
म मधेशको असली बेटा हुँ : प्रमोद साह
काठमाडौं । सर्लाही-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रमोद साहले आफू मधेशको असली ‘बेटा’ भएको बताएका छन् । १७ वर्षमै स्ववियु उपसभापति निर्वाचित भएर शुरु गरेको आफ्नो राजनीतिक इतिहास हालसम्म पनि सधैं शोषित, पीडित, गरीब र बेसहाराको लागि सहारा भएर उभिएको उनले स्मरण गरे । ”मैले कुनै पार्टी वा समुदाय भनेको छैन, अन्याय र शोषणको […]
चार शक्तिबीच प्रतिस्पर्धा रहेको भन्दै नारायणकाजी भन्छन् –निर्वाचनका तीन कार्यभार छन्
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताएका छन् । निर्वाचनमार्फत तीनवटा कार्यभार पूरा गर्नुपर्ने उनले प्रष्ट पारे । राजधानीमा सर्लाही–काठमाडौं सम्पर्क समितिको अन्तरक्रियालाई सम्बोधन गर्दै सर्लाही–३ का उम्मेदवार समेत रहेका श्रेष्ठले बैदेशिक हस्तक्षेपको प्रयासलाई परास्त गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु निर्वाचनको […]
ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतको झट्का, ट्यारिफ नीति खारेज
काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि लागू गरेको विश्वव्यापी भन्सार महसुल (ट्यारिफ) सम्बन्धी विवादास्पद निर्णयलाई बदर गरिदिएको छ। अदालतले ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय गरेको ठहर गर्दै ६–३ को बहुमतले महसुल खारेज गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जोन रोबर्टससहित तीन अनुदारवादी न्यायाधीश र तीन उदारवादी न्यायाधीशहरूले महसुलको […]
काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ । मसाल जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्लासमेत जलाइएको छ । अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो । संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्याएको भन्दै झन्डा जलाएकोप्रति आपत्ति […]
एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
काठमाडौँ । नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार तुलसीपुर उपमहानगर-७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिए। बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रममा एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो। उक्त […]
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट(फागुन २२) साधरण तारेख दिएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक […]
‘नो भोट’ बारे बोलेको भन्दै जेनजी अभियान्ता सुप्रीया गिरफ्तार, चौतर्फी बिरोध
काठमाडौँ । ‘नो भोट’ बारे बोलेको भन्दै जेन–जी अभियान्ता सुप्रीया नेपालीमाथि प्रहरीले धरपकड गरी गिरफ्तार गरेको छ । बिना कुनै ठोस कारण र बिना पक्राउ पुर्जी उनलाई बिहिबार काठमाडौँबाट गिरफ्तार गरेको भन्दै विभिन्न संघसंस्था तथा अभियन्ताहरुले आपत्ति जनाएका छन्। आगामी निर्वाचनबारे ‘भोट नदिने’ धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएकी सुप्रीयालाई गिरफ्तार गरेर प्रहरी मानसिक यातना […]
पोखरामा गर्ने भनिएको रास्वपा चुनावी सभा पनि स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आइतबार पोखरामा गर्ने भनिएको परिवर्तन उद्घोष कार्यक्रम स्थगन भएको छ । ‘प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही मिति २०८२ फागुन १० गते कास्कीको पोखरामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा सङ्गठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय […]











