काठमाडौँ । नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार तुलसीपुर उपमहानगर-७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिए।
बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रममा एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो।
उक्त भिडिओ आएपछि बस्नेतलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ।







