परासी । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं. १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार […]
समाज
गौरमा हिन्दू र मुस्लिम समुदायबिच झडप, अवस्था तनावग्रस्त बनेपछि सेना र प्रहरी परिचालन
रौतहट । रौतहटको गौरमा दुई समुदायबिच झडप भएको छ । झडपको कारण अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको छ। गौर नगरपालिका ६ सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो। स्रोतका अनुसार […]
आज सुनको भाउ स्थिर, चाँदीको घट्यो
काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ तोकेको छ । हिजो बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार […]
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाडौँ । तपाईं टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ। राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ। रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ। […]
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो तराई भू(भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल […]
रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने सञ्चालक र व्यवस्थापकलाई थुनेर होइन सुनेर समाधान गर्ने नीति अघि सारेको छ । आफ्नै पार्टीका सभापति रवि लामिछानेसमेत ५ वटा सहकारीको बचत अपचलनमा जोडिएको विषयलाई सम्बोधन गर्दै रास्वपाले चुनाव लक्षित पार्टीको बाचापत्रमा सो विषय उल्लेख गरेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभाको […]
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय
काठमाडौँ । निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले छत खुला रहेको ‘रुफटप भेहिकल’ प्रयोग गर्ने विषयमा केन्द्रीय सुरक्षा संयन्त्रभित्र गम्भीर छलफल भएको छ। त्यसैअनुसार सुरक्षा समितिको बैठकले अब यस्ता सवारी साधन प्रयोग गर्न नदिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको व्यक्तिगत सुरक्षामा जोखिम बढ्न सक्ने निष्कर्षसहित छत खुला गाडी प्रयोगमा रोक लगाउने […]
चुनावको बेला ७२ घण्टासम्म नाका बन्द गर्ने सुरक्षा बैठकको निर्णय
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीले ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । बिहीबार कोशी प्रदेशका सीमावर्ती जिल्ला झापा, मोरङ र सुनसरी र सीमावर्ती किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीको बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सीमामा आवागमन रोक्ने सहमति भएको […]
बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ
काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन विन्डरसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि भने गत वर्ष नै गुमाइसकेका छन् । यसर्थ उनी पूर्व राजकुमार मात्रै हुन् । राजकुमार उपाधि गुमाइसकेपछि उनले रोयल लज, प्यालेस […]
एकैदिन तोलामा ४३ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला […]










