गौर । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। दुई समुदायबीच विवादबाट सुरू भएको झडव तनावपूर्ण बनेपछि रौतहट प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो। शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा मानेर […]
समाज
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
कैलाली । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु […]
दाङमा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्। गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको […]
बालेनलाई कारबाहीसहित नागरिकता रद्दको माग गर्दै गृह मन्त्रालयमा उजुरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता रद्द गर्न माग गर्दै शुक्रबार युवराज सफलले मन्त्रालयमा उजुरी दिएका हुन् । उनको उजुरी दर्ता समेत भइसकेको छ । उनले उजुरीमा भनेका छन्,’काठमाडौँ […]
सर्वोच्चको झट्कापछि ट्रम्पले घोषणा गरे नयाँ १० प्रतिशत भन्सार कर
वासिङ्टन डीसी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी आयात कर सम्बन्धी नीति खारेज गरेलगत्तै ट्रम्पले १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। न्यायाधीशहरूले गत वर्ष ह्वाइट हाउसले घोषणा गरेका अधिकांश विश्वव्यापी भन्सार करलाई गैरकानूनी घोषित गरेपछि ट्रम्पले नयाँ भन्सार कर अघि सारेका हुन् । ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै ट्रम्पले सर्वोच्च अदालतको आदेशलाई […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया […]
सुपर-८ चरणको पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
कोलम्बो । आज टी-२० विश्वकपको सुपर-८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल कोलम्बोको आर प्रेमादासा स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ। दुवै टोली समूह चरणमा आ-आफ्नो अन्तिम खेल जितेर यो चरणमा प्रवेश गरेका हुन्। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेर १-१ खेलमा हार बेहोरेका थिए। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र […]
एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
काठमाडौँ । नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार तुलसीपुर उपमहानगर-७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिए। बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रममा एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो। उक्त […]
‘नो भोट’ बारे बोलेको भन्दै जेनजी अभियान्ता सुप्रीया गिरफ्तार, चौतर्फी बिरोध
काठमाडौँ । ‘नो भोट’ बारे बोलेको भन्दै जेन–जी अभियान्ता सुप्रीया नेपालीमाथि प्रहरीले धरपकड गरी गिरफ्तार गरेको छ । बिना कुनै ठोस कारण र बिना पक्राउ पुर्जी उनलाई बिहिबार काठमाडौँबाट गिरफ्तार गरेको भन्दै विभिन्न संघसंस्था तथा अभियन्ताहरुले आपत्ति जनाएका छन्। आगामी निर्वाचनबारे ‘भोट नदिने’ धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएकी सुप्रीयालाई गिरफ्तार गरेर प्रहरी मानसिक यातना […]
काठमाडौँमा वायुको गुणस्तर निक्कै दयनीय, विश्वकै प्रदूषित सहरमध्ये पाँचौँ स्थानमा
काठमाडौँ । राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो । वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । ० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो […]











