मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

धनगढी । कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले […]

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ। आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा कारोबार भएको […]

प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि व्यापक आलोचना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई नयाँ सरकार आउनै लाग्दा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको अध्यक्ष मनोनीत गरेकी थिइन्। पूर्वमन्त्री ऐनबहादुर शाहीले कोषको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद […]

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प

दुबई । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोमबार बिहान ड्रोन आक्रमण भएपछि एक इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। विमानस्थल नजिकैको क्षेत्रमा भएको यस आक्रमणपछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले उडान सेवा अस्थायी रूपमा बन्द गरेका छन्। ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो। दुबई मिडिया अफिसका अनुसार आक्रमण लगत्तै […]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र […]

ह्वात्तै बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, अब लिटरलाई कति ?

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते राति १२ बजेदेखि लागू हुने गरी समायोजन गरिएको छ […]

युएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानले दियो चेतावनी

काठमाडौँ । इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको हो। अमेरिका र इसराइलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो। उसले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली […]

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा […]

मनकामना दर्शन गरेर फर्किदै गरेको ईभी गाडी दुर्घटना, ७ जनाको मृत्यु

पोखरा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। १५ जना भारतीय नागरिक सवार उक्त गाडी दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एक जनाको थप उपचारका लागि भरतपुर रिफर […]

युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

काठमाडौं । मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । […]