मनकामना दर्शन गरेर फर्किदै गरेको ईभी गाडी दुर्घटना, ७ जनाको मृत्यु

पोखरा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

१५ जना भारतीय नागरिक सवार उक्त गाडी दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एक जनाको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । राति करिब ८ बजे दुर्घटना भएको र गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।