कोरोना संक्रमण फैलिएपछि ट्राफिक मुख्यालय पूरै शिल, एसएसपीसहित ३७५ प्रहरी भित्रै आइसोलेसनमा

काठमाडौं, १८ साउन । काेराेना संक्रमण बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएकाे छ । सिल गरिएकाे बग्गिखानाभित्र एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । बग्गिखानामा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक मुख्यालय पूरै सिल गरिएकाे हाे । शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा पठाइएको छ । महाशाखामा पूर्ण […]

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रोकायाको निधन

सिमकोट । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य जयबहादुर रोकायाको निधन भएको छ । लामाे समयदेखि कान्तिपुर दैनिकमा काम गरिररहेका पत्रकार राेकायाकाे पक्षघातका कारण मृत्यु भएकाे हाे । नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष समेत रहेका रोकायाकाे हुम्लाकाे सदरमुकामस्थित घरमै निधन भएकाे हाे । ६ दिनअघि पक्षघात भएर सिक्सित विरामी भएका राेकाया सिमकाेटस्थित आफ्नै घरमा […]

पाटनको लिच्छवीकालीन मू छेँ आगम घर निर्माण हुने

श्रावन १७ ,ललितपुर।   ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण सुरु हुने भएको छ । पुनर्निर्माण कार्यको विधिवत शुरुवातकालागि आगम घरका गुठियारहरुले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाका हातबाट क्षमापूजाको गरिएको थियो ।        ललितपुर महानगरपालिकाले विनियोजित गरेको २० लाख रकमले निर्माण कार्य थालनी हुन लागेको उक्त पुननिर्माणको प्राविधिक […]

अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने पक्राउ

प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् । पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन् ।उनले तनहुँको भानु नगरपालिकाकी एक १३ वर्षीया बालिकाको नाममा नक्कली फेसबुक आइडी बनाएको र उनका दिदीहरु लगायत आफन्तलाई अश्लिल फोटो, […]

घरधनि र डेरावाला बीच सहजीकरण गर्न घर धनि सरोकार मंचको गठन

श्रावन १७ ,काठमाडौँ। धरधनि र डेरावाला बीच घर भाडा सम्बन्धि बिबाद सहजीकरण गरिदिने उदेस्यले उपत्यका घर धनि सरोकार मंच गठन गरिएको छ। शनिबार काठमाडौँ दरवार क्षेत्र ,हनुमानढोका आगाडी रहेको कालभैरवमा नवगठित पदाधिकारीहरुले परम्परागत विधिपूर्वक सफत ग्रहण गरेका छन्। श्रावन १७ ,काठमाडौँ। धरधनि र डेरावाला बीच घर भाडा सम्बन्धि बिबाद सहजीकरण गरिदिने उदेस्यले उपत्यका घर धनि […]

पन्ध्र लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित रंगेहात समातिएका छन् । यसरी समातिने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार साँझ नागढुंगामा पक्राउ गरेको हो । उनी घुसरकम सहित काठमाडौं हिडेको सूचनाको आधारमा पिछा गरेको अख्तियार टोलीले उनलाइ पक्राउ गरेको बताइएको छ ।बा२झ ४०९९ नम्बरकाे सरकारी […]

पाँच सय रुपैया लुटेर ज्यान लिने पक्राउ

ललितपुर । काभ्रेको धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयाँमा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैयाँ लुटेर हत्या गरिएको हो । हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार […]

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो […]

न्यायाधिशलाइ नै कोरोना संक्रमण भएपछि उच्च र जिल्ला अदालत बन्द

जनकपुर । प्रदेश २ काे उच्च अदालतका एक न्यायाधिशलाइ काेराेना संक्रमण भएकाे छ । न्यायाधिशलाइ नै काेराेना संक्रमण भएपछि जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छन् । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला […]

नेपाली नेताहरुप्रति हरिवंशको चोटिलो प्रहार ‘तिमी के को जान्ने, म पो जान्ने सुन्ने’

काठमाडौं । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा […]