आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको […]

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

ब्रासिलिया। २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले […]

यी पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। शुक्रबार बिहान कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। डडेलधुराको गाइबन्धेमा पछिल्लो एक घन्टामा २०.६ मिलमिटर वर्षा भएको छ। कन्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर, डडेलधुराको […]

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता […]

रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु

रामेछाप । जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना बन्दीको मृत्यु भएको छ । आज बिहान कारागार तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको बताइएको छ । घटनामा १३ जना घाइते भएको जनाइएको छ । उनीहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । ग्यास सिलिण्डर पड्काएर विस्फोट गराउने प्रयास सुरक्षाकर्मीले थाहा […]

टोपबहादुर रायमाझी पनि कारागारबाट फरार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्। सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्। कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीन/ चार सय जना कैदीबन्दी छन्। कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्। अन्य कतिपय […]

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ । निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जनाएका […]

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै मुलुकको विषम परिस्थितिका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको जनाएको छ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको […]

महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ जना प्रहरीको परिचय खुल्यो

काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा ३ जनाको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा छन् । जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी […]

आज पनि देशभर निषेधाज्ञा र कर्फ्यु, नेपाली सेनाद्वारा सहयोगको अपिल, बिज्ञप्तिसहित

काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ […]