क्षमता भन्दा बढी यात्रु चढाए कारवाही

दमौली, ३ पुस । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जीपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नम्बरको टाटा जीपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो । सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त […]

उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना गम्भिर घाइते

उदयपुर ३ पुस । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका […]

नेपालमा सहयोग गर्न शक्ति राष्ट्रबीच प्रतिस्पर्धा: चीनले बाइक दिंदा अमेरिकाले दियो हेलिकप्टर

भक्तपुर, ३ पुस । नेपालका सुरक्षा निकायलाई सहयोग गर्ने विषयमा शक्ति राष्ट्रहरुबीच प्रतिस्पर्धा नै चलेको छ । चीनले मंगलबार मात्र मोटरसाइकल हस्तान्तरण गरेको समाचार सार्वजनिक भैरहदा शक्ति राष्ट्र अमेरिकाले स्काई ट्रक हेलिकप्टर नै सहयोग गरेको छ । चीनले महानगरीय प्रहरी कार्यालयलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो । गजबको कुरा त के भने ती सबै […]

भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियानमा मह जोडी

भक्तपुर, २ पुस । हिजो साँझबाट सामाजिक सञ्जालमा भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियान सुरु भएको छ । सो अभियानले आत्मसम्मान र राष्ट्रियतालाई जोड दिइएको छ । मंगलबारबाट सुरु गरेको अभियानमा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रष्ठले साथ दिएका छन् । ‘नेपालको लागि सय दिन भनेर सुरु गरिएको अभियान हामीलाई पनि मन पर्यो र साथ […]

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

भक्तपुर २ मंसिर । सूर्यविनायक नगरपालिका ४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग […]

नायिका श्वेता खड्काले झ्याडी गाउँमा बसालिन् मनै लोभ्याउने बस्ती

झ्याडी,सिन्धुपाल्चोक २ पुस । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्का छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर […]

सम्झौताभन्दा पाँच महिनाअघि नै सकियो काठमाडौं विमानस्थलमा नयाँ कालोपत्रे

काठमाडौं २ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे को जिर्णेद्धारको काम सम्झौताको समय बाँकी हुँदै सकिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना नेश्नल एरो टेक्नोलोजी इन्टरनेश्नल इन्जिनियरिङ कोअपरेशनबीच भएको सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण काम सकिएको हो। विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र एप्रोनमा नयाँ कालोपत्रे हाल्ने कामका लागि सन् […]

रौतहटबाट हतियारसहित तीन जना पक्राउ

रौतहट २ पुस । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार आजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा […]

सरकारको निर्देशन बमोजिम लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढ्दै

काठमाडौं १ पुस । नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । ‘नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढेको छ’ विभागका सूचना अधिकारी दामोदर ढकालले भने । संघीय संसदका राज्य व्यवस्था समिति र […]

बहाव घट्दै जानाले ७० मेगावाटको मध्यममर्स्याङ्दीआयोजनाको उत्पादन ४५ मेगावाटमा झर्‍यो

लमजुङ, १ मंसिर । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्यममर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेंसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५–३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, ‘पानी कम भएकाले […]