विभिन्न स्थानका ७ सडक अवरुद्ध, कुन–कुन एकतर्फी ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार ७ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने ७ स्थानमा एकतर्फी रहेको छ ।

प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।

यस्तै उदयपुरको कटारी–८ मा सिद्धिचरण राजमार्गपनि पूर्णरुपमा अवरुद्ध बनेको छ भने रसुवाको गोसाइँकुण्ड–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्णरुपमा अवरुद्ध छ ।

यस्तै यस्तै सिन्धुपाल्चोकको दुई स्थान र चितवनको एक स्थानमा समेत क्रमशः अरनिको र नारायणगढ–मुग्लिङ सडक खण्ड पूर्णरुपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।