आयोगले बढायो नयाँ दल दर्ताको समय, मंसिर ६ सम्म निवेदन दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म […]

७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् । नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् । सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए। गत २४ कात्तिकमा तत्कालीन […]

आज सकिँदैछ नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय

काठमाडौँ । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा […]

लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना महानगरले भत्कायो

  काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जा मन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा आज बिहान डोजर चलाएर भत्काएको छ। महानगरका अनुसार सो जग्गा नेपाल स्काउटको स्वामित्वमा रहेको र त्यहाँ बिना अनुमति स्थायी संरचना निर्माण गरिएको भन्दै आज बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो। घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको र केही […]

राष्ट्रवादी छवि बनाएका नेता भीम रावल प्रचण्ड नेतृत्वको नेकपामा समाहित

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चितवन महाधिवेशनमा उम्मेदवारी दिएपछि पार्टीको साधारण सदस्यता समेत खारेज गरिएका पूर्वगृहमन्त्री भीम रावल अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। रावलले केही समयदेखि संचालन गर्दै आएको ‘मातृभूमि जागरण अभियान’ बुधबार राजधानीमा आयोजित विशेष समारोहमार्फत प्रचण्ड नेतृत्वको पार्टीमा एकीकृत […]

एक्लिएपछि विप्लवले छोडे समाजवादी मोर्चा

काठमाडौं । समाजवादी एकताको प्रयास स्वरूप गठन गरिएको चार दलीय समाजवादी मोर्चा करिब २ वर्ष ४ महिनापछि महिनापछि विघटन भएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधवार विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेपछि उक्त गठबन्धन स्वतः विघटन भएको हो। चार दलीय मोर्चाका तीन घटक एकीकृत भइ एउटै पार्टी नेपाली कम्युनिस्ट […]

जेनजी आन्दोलनबाट अपदस्त ओलीले जेनजीलाई नै एमालेमा आउन गरे आग्रह

काठमाडौं । जेनजी आन्दोलनको दबाबमा सत्ताच्युत भएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोही पुस्तालाई आफ्नै पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पूर्व एमाले नेताकार्यकर्तालाई पार्टी प्रवेश गर्न आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’मा ओलीले नयाँ पुस्ता, विशेषगरी जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आग्रह गर्दै भने, “घर फर्क अभियान सुरु […]

बिश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजिनामा

jitendra sonal

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले शनिबार प्रदेशसभाको बैठकमा विश्वासको मतको प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पारित नहुने स्थिति देखिएपछि सोनारले सभामुख समक्ष राजीनामा घोषणा गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले त्यसपछि बैठक स्थगित गरे । बैठकमा एमाले र नेपाली कांग्रेसले समर्थन नदिने बताएका थिए भने माओवादी केन्द्रका […]

नेपाली कांग्रेस पार्टीमा रुपान्तरण र पुनर्गठनको माग

ललितपुर । देशको जेठो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य राजीव ढुङ्गानाले युवाको प्रतिनिधित्व, भ्रष्टाचारमा शून्य सहनशीलता, रूपान्तरित र पुनर्गठित पार्टी सहित निर्वाचनमा जाने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले उक्त प्रस्ताव पेश गरेका हुन् । केन्द्रीय सदस्य ढुङ्गानाले पार्टीले ‘जेन-जी’ आन्दोलनको भावनालाई सम्मान […]

घरबाट डेराको यात्राः एक अनुभूती

काठमाडौ । १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति […]