काठमाडौँ । भारतको दक्षिण बस्तरका घना जंगलहरूमा वर्षौंदेखि एक नाम फुसफुसाहट जस्तै गुन्जिरहन्थ्यो— हिड़मा। माड़वी हिड़मा— कसैका लागि ‘खूँखार’ माओवादी कमाण्डर, भने स्थानीय युवाहरूका लागि ‘बस्तरको नायक’। हालै सुरक्षा निकायले एक ‘मुठभेड़’मा उनको मृत्यु भएको दाबी सार्वजनिक गरे पनि बस्तरमा उनको कथा अझै वर्षौंसम्म सुनिरहनेछ। सन् १९८१ मा छत्तीसगढको सुकमा जिल्ला अन्तर्गत पर्ने पुवर्ती गाउँमा […]
राजनीति
मधेसका मुख्यमन्त्रीलाई नीतिगत र दीर्घकालीन निर्णय नलिन अदालतको आदेश
काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय नगर्न नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, […]
जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यस्तै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी […]
अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन-२०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी […]
मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै मधेशमा एमालेको धर्ना
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ । एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् । गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री […]
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल सडकमा उत्रिने
काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आफ्ना नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर […]
संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । […]
नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्न कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयबाट सोमबार जारी गरिएको प्रेस नोटमा मंसिर महिनाभर विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गरिने उल्लेख छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस नोटअनुसार, प्रदेशस्तरीय एकता सन्देश सभाहरू […]
मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ । मधेसका सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए । जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी […]
माओवादी केन्द्र सहित सात दल खारेज
काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र सहित सात दल खारेज गरेको छ । आयोगमा यसअघि दर्ता भएका माओवादी, नेकपा एकीकृत समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट(समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी खारेज भएका हुन् । यी पार्टीले कात्तिक १९ गते एकता गरी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएका थिए । सोही दिन आयोगमा दल […]










