काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज […]
राजनीति
एकताका लागि नेकपा-जसपाबीच आज निर्णायक वार्ता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रयास जारी छ । यही प्रयास अन्तर्गत आज दुवै दलका नेताहरुबिच निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् । दुवै दलका प्रतिनिधिहरूबीच आज विहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए । बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा […]
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो। मिसिल आएकोले आज पेसी […]
मंसिर ६ पछि प्रधानमन्त्रीले आफैं राजिनामा दिने महेश बस्नेतको दावी
काठमाडौ । पूर्वमन्त्री एवं नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले मंसिर ६ मा हुने एमालेको विशाल प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले संसद पुनर्स्थापनाको माग गर्दै मंसिर ६ को एमाले सभा सरकारले सहन नसक्ने गरी प्रभावशाली हुने दाबी गरेका हुन् । सिमरा […]
मधेस प्रदेश सभामुख मण्डल पदमुक्त
काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो । मधेस प्रदेश सभामा उपस्थित रहेका ७८ प्रदेश सभा सदस्यहरू मध्ये ७६ ले सभामुख मण्डल विरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए । प्रस्तावको विपक्षमा भने […]
संसदीय सुनुवाइबिनै संवैधानिक पदाधिकारी नियुक्ति गर्ने प्रावधानसहितको अध्यादेश सिफारिस
काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ को जारी गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको हो । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष […]
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् । निर्णयअनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना कुमारी श्रेष्ठलाई तोकिएको छ । यस्तै नयाँ व्यवस्था नहुँदासम्म […]
बागमती प्रदेश सरकारको चालु पुँजीगत खर्च चिन्ताजनक
काठमाडौ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म पुँजीगत खर्च उल्लेख्य रूपमा बढाउन नसकेको देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार हालसम्म कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ। चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ […]
संसद पुनर्स्थापनाको रिट बोकेर आइतबार एमाले सर्वोच्च जाने
काठमाडौँ । प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएको नेकपा एमाले पुनर्स्थापनाकाे मुद्दा लिएर आइतबार औपचारिक रूपमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ । मंगलबार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालत जान अख्तियारी दिएको थियो । साथै एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा […]
महेश बस्नेत बारा आउने थाहा पाएपछि जेनजीले घेरे सिमरा विमानस्थल
बारा । नेकपा एमालेका नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारापुग्ने कार्यक्रम तय भएपनि यो समाचार तयार पर्दासम्म पुगेका भने छैनन् । सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा […]











