काभ्रेकाे धुलिखेलमा एउटा रिसाेर्ट छ मिराबेल रिसाेर्ट । त्याे रिसाेर्ट पनि काग्रेस नेताकाे हाे । त्याे रिसाेर्टलार्इ कम्युनिस्ट कार्यकर्तालार्इ पढाउने स्कूल बनाइयाे । १० हजार युवालार्इ मार्क्सवाद पढाउने घाेषणा गर्दै कांग्रेसी रिसाेर्टमा कांग्रेस नेतालार्इ नै मास्टर बनाएर मार्क्सवाद पढाइयाे ३५० जति कम्युनिस्ट नेता कार्यकर्तालार्इ । सामान्यत: कम्युनिस्ट कार्यकर्ताकाे स्कूलिङ गाउँका झुपडीमा हुने गर्छ । पछिल्लाे […]
राजनीति
रुपन्देहीमा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सुरु
काठमाडौँ, १९ भदौ । नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौँ श्रृङखला रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गरेका हुन् । संयुक्त अभ्यासमा […]
आचारसंहिता उल्लंघन गर्ने नेतालाई जेल हाल्ने आयोगका आयुक्तको चेतावनी
कलैया, १९ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गरेका छन् । बाराको कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरूले व्यापकरूपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गरे । संविधान कार्यान्वयन […]
सातै प्रदेश र केन्द्र सरकारमा एमालेको पूर्ण बहुमत ल्याउने ओलीको दावी
चितवन, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने बताए । भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका […]
कांग्रेसको भ्रष्टाचारी मोह कि भ्रष्टाचारीको कब्जामा कांग्रेस रु
काठमाडाैं, १९ भदाै । सत्ता नेतृत्वको दल कांग्रेसको भ्रष्टाचारमा सजाय पाएकालाई संसद् र प्रदेश तहमा उम्मेदवार बन्न दिनुपर्ने अडानले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक अन्योलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा संसद्को राज्यव्यवस्था समितिबाट विधेयक अघि बढ्न सकेको छैन । सत्तासीन उदासीनता निर्वाचन आयोगले निर्वाचनसम्बन्धी विधेयक यथाशक्य शीघ्र पारित गरिदिन निरन्तर आग्रह गर्दै आए पनि […]
उत्तरकाेरियाले बनायाे मिसाइलमा राखिने अत्याधुनिक परमाणुवम । अमेरिका अातङ्कित
एजेन्सी । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा राखिने सक्षम र उन्नत परमाणु बम विकसित गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार सेवाले देशका नेता किम जोंग उनले नयाँ बमको निरिक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ । एजेन्सीले यो हाइड्रोजन बम भएको बताएको छ । यद्यपी, उत्तर कोरियाको उक्त दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन […]
मन्त्री नपाएपछि माओवादी केन्द्रका नेताले दिए सांसद र पार्टी केन्द्रीय सदस्यबाट राजिनामा
काठमाडौं, १७ भदाै । नेकपा माओवादी केन्द्रका एक संसदले पार्टीका सबै पद र सांसद पदबाटसमेत राजिनामा दिएका छन् । सांसद योगेन्द्र घिसिङले पार्टीभित्र पार्टी र नेताहरुले कार्यकर्ताहरुलार्इ उपयाेग मात्र गरेकाे बताउँदै त्यसकाे विराेध स्वरुप पार्टी परित्याग गरेकाे बताएका छन् । सांसद घिसिङ सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई अाफ्नाे राजिनामा पत्र बुझाएका […]
क्रान्तिकारीकाे अध्यक्षमा रञ्जित तामाङ विजयी
प्रचण्ड नेतृत्वमा रहेकाे नेकपा (माओवादी केन्द्र)काे विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। अर्का प्रत्यासी अनिल शर्मालाई हराएर तामाङ अध्यक्ष पदमा विजयी भएका हुन्। यसअघि तामाङ उपाध्यक्ष थिए भने शर्मा महासचिव थिए। कीर्तिपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट तामाङले शर्मालार्इ जम्मा २३ मतकाे अन्तरले पराजित गरेका हुन् । तामाङले ८ […]
कुनै हालतमा पनि कोसीमा उच्च बाँध बनाउन नदिने नेकपाको घोषणा
काठमाडौं, १६ भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोसीमा उच्च बाँध बनाउन नदिने जनाएको छ । हालै मात्र भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले कोसीमा उच्च बाँध निर्माण गर्न भनी भारत सरकारसँग सम्झौता भएको बताइरहेका बेला उक्त सम्झौता राष्ट्रघाती भएको बताउँदै नेकपाले बनाउन नदिने जनाएको छ । बुधबार प्रकाशित नेकपाको मुखपत्र रातो साप्ताहिकमा लेख […]
बेल्ट एण्ड रोड इनिसियटिभमा रहेर व्यापार विस्तार गर्नुपर्ने महराको जोड
काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् । नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भने, “नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदैनेपाली […]









