दिपङ मनाङेलार्इ सर्वोच्चले धरौटीमा रिहा गर्ला ?

काठमाडौं, १६ असार । सर्वोच्च अदालतले दीपक मनाङेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले मनाङेको मुद्दामा बिहीबर सुनुवाई गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला सर्वोच्चले मागेको हो । मनाङबाट प्रदेशसभामा प्रतक्ष्य विजयी भएका मनाङेले अहिलेसम्म सपथ लिएका छैनन् ।

कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार थुनामा रहेका मनाङेलाई सर्वोच्चले अर्को सुनुवाइमा धरौटीमा छाड्ने वा नछाड्ने विषयमा निर्णय सुनाउनेछ ।

Loading...