केपी ओलीले दिए सबै सांसदहरुलार्इ नेपालकै रेल चढ्ने निम्तो

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी ओलीले सांसदहरुलार्इ रेल चढ्न निम्ता दिएका छन् । रेलकाे कुरालार्इ लिएर निरन्तर अालाेचना गरिरहेका सांसदहरुप्रति लक्षित गर्दै अाेलीले अब नेपालकाे अाफ्नै रेल आउँने कुरामा शंका नगर्न अाग्रह गरे ।

शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै प्रम अाेलीले साे निम्ता दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले शुक्रबार जवाफ दिने क्रममा सांसदहरु बिच सवाल जवाफ भएको हो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले नेपालको आफ्नै रेल हुने कुरामा शंका रहेको भन्दै अरुको रेललाई आफ्नो भन्ने कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

रिजालको अन्तिम प्रश्नबाट आफ्नो जवाफ सुरु गरेका प्रधानमन्त्री ओलीले नेपालको आफ्नै रेल हुने कुरामा शंका नगर्न जवाफ दिए ।

Loading...