काठमाडौं, २० असार । मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको तेश्रो चरणको आन्दोलनको क्रममा महासंघले आज बृहत ‘प्रेस स्वतन्त्रता सभा’ आयोजना गरेको छ । नागरिक अभियन्ता कृष्ण पहाडीले सरकारलाई माफियाले गाँजेका कारण सरकारले माफिया माथिको समाचार सञ्चारमाध्यममा नआओस भनेर मिडिया विरोधी विधेयक ल्याएको […]
राजनीति
काठमाडौं महानगरकी उपमेयर हरिप्रभालाई हृदयघात
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ । काठमाडौं महानगरपालिका वडा नं १६ का वडाघ्यक्ष मुकुन्द रिजालका अनुसार खड्कीलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घरमै सुतिरहेका बेला उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । अहिले उनको नर्भिक अस्पतालको सीसीयुमा राखेर उपचार भइरहेको छ । अस्पतालले उनको एन्जियोग्राम गर्ने […]
बाबुरामसँग हारथाक खाइ फर्केकालाई स्वागत गर्दै प्रचण्डले भने ‘बाबुरामको बौद्धिकता हामीबाहिर काम लाग्दैन’
काठमाडौं, २० असार । लामो समय बाबुराम भट्टराईको साथमा लागेर हारथाक खाई फर्केका पूर्वमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुलीसहितका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले बाबुरामप्रति तिखो टिप्पणी गरेका छन् । शुक्रबार नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई […]
सरकारले खोल्यो विप्लव वार्तामा नआउनुको रहस्य
काठमाडौं, १९ असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको नेकपा वार्तामा नआउनुको पछाडी उनीहरुको कुनै एजेन्डा नभएको बताएका छन् । बिहीबार नियमित पत्रकार भेटघाटमा उनले उक्त जिकिर गरेका हुन् । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा उनले भने, ”विप्लव समूह वार्ताबाट भागिरहेछ किनभने वार्तामा आएर माग्ने उनीहरुसंग केहि कुरा नै छैन ।” […]
पूर्व प्रहरी महानिरिक्षक ठकुरीद्वारा सर्वोच्च अदालत समक्ष आत्मसमर्पण
काठमाडौं । सुडान घोटाला काण्डमा दोषि ठहर पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदालतसामु आत्मसमर्पण गरेका छन् । सुडान घोटालामा दोषि ठहर ठकुरी फरार रहँदै आएका थिए । बिहीवार ठकुरी सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन् । चर्चित सुडान घोटाला काण्डमा ठकुरी भ्रष्टाचारी करार भएका थिए ।सर्वोच्च अदालतले दोषी करार गर्दै सजायको फैसला गरेता […]
जनप्रतिनिधिको टाउकोमा दुई नाले भरुवा बन्दुकबाट गोली प्रहार, नर्भिकमा उपचार हुँदै
धादिङ, १९ असार । बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । टाउकोमा गोली लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो । चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको […]
पत्रकार सम्मेलनबाटै देवकोटा पक्राउ
धनगढी, १८ असार । पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले कैलालीका अशाेकराज देवकाेटालाइ पक्राउ गरेकाे छ । देवकाेटा कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन । उनलाइ बुधबार बिहान अत्तरियामा रहेकाे उद्योग वाणिज्य संघको कार्यालयबाटै पक्राउ गरिएकाे हाे । उनकाे कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । देवकोटासहित […]
भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने
भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने भएको छ । नगरपालिकाले कानुन नै बनाएर यातायात सन्चालनको तयारी गरेको हो । भक्तपुर नगर क्षेत्रमा छोटो दुरीको सवारी साधन नहुँदा स्थानीयले सास्ती भोग्नुपरेपछि नगरपालिकाले छोटो दुरीको हलुका सवारी साधन सन्चालन गर्न लागेको बताइएको छ । चालु पाँचौं नगरसभाबाट भक्तपुर नगरपालिकाको सवारी दर्ता तथा […]
सुन्दर महिला उत्तराधिकारी खोजेपछि आलोचित बनेका दलाई लामाले अन्ततः मागे माफी
काठमाडाैं । महिलाका सम्बन्धमा दिएकाे एक टिप्पणीका कारण सर्वत्र अालाेचना भएपछि तिब्बती धर्म गुरु दलाई लामाले अन्तत: माफी मागेका छन् । धर्म गुरु लामाले महिला उत्तराधिकारीको सम्भावना सम्बन्धमा गरेको टिप्पणी विवादित बनेको थियो । गएको जुनमा बिबिसीसँगको कुराकानीमा दलाई लामाले आफ्नो उत्तराधिकारी बन्नका लागि महिलामा हुनुपर्ने विशेषता ‘सुन्दरता’ रहेको बताएका थिए । आकर्षक महिला मात्रै […]
केपी र प्रचण्डले आलोपालो सरकार चलाउने सहमति पालना गर्न भिम रावलको माग
काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीका दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागु हुनुपर्ने माग गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले अध्यक्षद्वय केपी ओली र प्रचण्डकाबीच सरकारमा आलोपालो गर्ने सहमति भएको भए त्यो लागु हुनुपर्ने […]











