काठमाडौं, १३ वैशाख । सरकारले एक हप्तापछि लकडाउन खुकुलाे पार्ने तयारी गरेकाे छ । राजधानीसहित केही अन्य जिल्लाहरुमा लकडाउन खुकुलाे पारेर नयाँ माेडालिटीमा जाने तयारी सरकारले गरेकाे हाे । कोभिड–१९ सम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको कार्यदलले सरकारलाइ यस सम्बन्धमा सिफारिस गरेकाे छ । तर यसपटकका लागि भने सरकारले एक साता थप लकडाउन बढाउने भएकाे छ […]
राजनीति
तत्काल लकडाउन खुकुलो नबनाइने, सबै हवाई उडान जेठ २ सम्म बन्द राख्ने निर्णय
काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो । आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ । समितिको […]
अन्ततः गले प्रधानमन्त्री ओली, दुवै अध्यादेश फिर्ता लिने निर्णय
काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो […]
आज ठूलो हावाहुरीसहित वर्षा हुने, सजग रहन मौसमविदको चेतावनी
काठमाडाैं । आज मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आज शुक्रबार दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे जानकारी दिएकी हुन। ‘यसमा […]
नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी […]
रातारात राजपा र समाजवादी मिलेर जन्माए नयाँ पार्टी, मध्यरातमा कसरी भयो यस्तो निर्णय
काठमाडौं, १० बैशाख । बहुनेतृत्वमा चलिरहेका तराइ मधेशमा आधार बनाएका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच मध्यरातमा अप्रत्यासित एकीकरण गर्ने निर्णय भएको छ । आन्तरिक रुपमा विवादले फुट्न थालेका दुई दल एकाएक मिलेपछि धेरैले यसप्रति आश्चर्य व्यक्त गरेका छन् । मध्यरातमा गरिएको सहमति अनुसार अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल […]
राजधानीमा समस्यामा परेका पत्रकारहरुलाई राहत वितरण
काठमाडौं, ९ बैशाख । क्रान्तिकारी पत्रकार संगठनले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले गरेको लामो लकडाउनका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुलाई संगठनले राहत वितरण गरिएको संगठनका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए । संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष शैलेश डंगोलको पहलमा […]
मन्त्रिहरु कसैलाइ छलफल गर्न नदिइ २ अध्यादेश पारित भएको प्रमले सुनाए निर्णय, सेकेन्ड पनि ढिला नगरी राष्ट्रपतिद्वारा पारित
काठमाडौँ । देश काेराेना महामारीका कारण लकडाउनमा थलिएका बेला सरकारले भने एकाएक राजनैतिक दल विभाजन तथा दल अदल बदल सम्बन्धि अध्यादेश ल्याएकाे छ । साेमवार नै मन्त्रिपरिषदमा प्रधानमन्त्रीले सुनाएकाे त्याे अध्यादेश निकै रफ्तारमा साेमवार नै जारी भएकाे बताइएकाे छ । मन्त्रिहरुलाइृ छलफलका लागि समय नै नदिएर मन्त्रिपरिषदमा पारित भएकाे भनेर प्रधान्मन्त्री केपी शर्मा अाेलीले निर्णय […]
प्रधानमन्त्रीप्रति गगनको आक्रोश, प्रम ओलीलाई आँखा र कान जचाँउन आग्रह
काठमाडौँ । नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्। लामो लक डाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को उठ्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले उनको भनाईप्रति आपत्ति जनाएका हुन्। थापाले […]
राष्ट्रपति कार्यालयमा कार्यरत ४० जनामा कोरोना भेटिएपछि
काठमाडाैं । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अफगानिस्तान सरकारले यो विषयमा अहिलेसम्म केही पनि बताएको छैन । राष्ट्रपति अश्रफ […]











