नेपाली सेनाकाे भावी प्रधानसेनापति ठानिएका शर्माले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका […]

२० दिनपछि देखिए किम जोङ उन

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख […]

नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने

काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालले अमेरिकासँग गरेको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता इन्डाेप्यासिफिककै अंग भएकाे निष्कर्ष निकालेकाे छ । इन्डाे प्यासिफिक सैन्य रणनीति भएकाे र त्यसकै एक अंग एमसीसी भएकाेले यसलाइ यही अवस्थामा नेपालमा लागु गर्न नहुने सुझाब पनि नेकपाकाे कार्यदलले दिएकाे प्रतिवेदनमा उल्लेख छ ।  नेकपाले यसअघि एमसीसीबारे […]

ऋणिहरुलाई २ प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

nepal-rastra-bank

काठमाडौं । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो । बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले […]

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने प्रदेश सरकारको घोषणा

कास्की । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। बैठकले प्रदेश विकास परिषद्को पहिलो बैठकले प्रथम पञ्चवर्र्षीय योजना स्वीकृतिका निम्ति सिफारिस गरेकामा त्यसलाई स्वीकृतको गरेको छ। त्यसैगरी कोरोना […]

लामो रस्साकस्सीपछि अन्ततः पार्टीको बैठक बोलाउन राजी भए ओली

काठमाडौँ । पार्टीका नेताहरुले दवाव दिएपछि अन्ततः सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालयको बैठक बोलाउन राजी भएका छन् । यसअघि उनले बैठक बसाउन इन्कार गर्दै आएका थिए । लामो रस्साकस्सी र केही चरणका छुट्टाछुट्टै छलफलपछि ओली बैठकमा बस्न तयार भएका हुन् । नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । […]

सर्वोच्चले आदेश दिएपछि अन्ततः प्रहरीले छोड्यो ज्ञानेन्द्र शाहीलाई

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतले मंगलबार एक आदेश दिँदै उनलाई छाड्न आदेश दिएको हो। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघि २४ घण्टाभित्र उनलाई पेश गर्दै उनलाई पक्राउ […]

लकडाउनको मौकामा मुल्य बढाएर सामान बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

काठमाडौं । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ। विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको […]

ओली–नेपाल समूहको छलफलमा जुटेन सहमति, भोलि सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका […]

लकडाउन १० थप दिन लम्बियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार […]