काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले नेताहरूको कार्यविभाजन टुंग्याउनेगरी आज निर्णय हुने भएको छ । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठक कार्यविभाजनलाई लिएर विवाद भएपछि थप गृहकार्य गरेर बैठकमा पेस गर्नेगरी स्थगित भएको थियो ।
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खानालले विदेश विभाग, अर्का वरिष्ठ नेता वामदेव गौतमले सङ्गठन विभाग प्रमुख दाबी गरेका थिए । तर विदेश विभाग प्रमुख वरिष्ठ नेता प्रमेश हमाल र सङ्गठन विभाग प्रमुख नेता वर्षमान पुनले पाएपछि विवाद देखिएको थियो । बैठकले एकता महाधिवेशन मंसिर ११–१५ मा गर्नेगरी कार्यतालिका अनुमोदन गरेको थियो ।
यस्तै संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदन पुनर्लेखन गर्ने निर्णय सहित अनुमोदन भएको थियो । यसैगरी संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको नेता प्रकाश ज्वालाले जानकारी दिएका थिए ।
यद्यपि उनले बैठकमा विवाद केही नभएको जिकिर गरेका छन् । सात प्रदेशको इन्चार्जको टुंगो लागिए पनि अन्य विषयमा निर्णय हुन बाँकी रहेको छ ।
यस्तो नेताहरूको जिम्मेवारी :
प्रचण्ड : संयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
माधवकुमार नेपाल : सहसंयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
झलनाथ खनाल : प्रमुख नीति अनुसन्धान प्रतिष्ठान
वामदेव गौतम : प्रमुख उत्पादन तथा रोजगारी विभाग
नारायणकाजी श्रेष्ठ : प्रमुख अनुगमन तथा मूल्यांकन विभाग
अग्नि सापकोटा : प्रमुख स्थानीय तह
कृष्णबहादुर महरा : प्रमुख राष्ट्रिय सुरक्षा
गंगानारायण श्रेष्ठ : प्रमुख सास्कृतिक
डा.गंगालाल तुलाधार : इञ्चार्ज बागमती
गिरिराजमणि पोखरेल : प्रमुख शिक्षा विभाग
गोपाल किराती : उपप्रमुख निति अनुसन्धान प्रतिष्ठान
चक्रपाणि खनाल : इञ्चार्ज लुम्बिनी प्रदेश
चेतबहादुर पुन : प्रमुख सास्कृति मोर्चा फ्याक्सन
जगन्नाथ खतिवडा : प्रमुख बुद्धिजीवी फाट
जयन्ती राई : प्रमुख संघीय संसदीय फाट
डिलाराम आचार्य : जिम्मेवारी तोक्न बाँकी
दिनानाथ शर्मा : प्रमुख प्राध्यापक फाट
देवेन्द्र पौडेल : प्रमुख स्वास्थ्य विभाग
देव गुरुङ : प्रमुख कानुन विभाग
नन्दबहादुर पुन : प्रमुख सुरक्षाकर्मी सङ्गठन फाट
पम्झा भुसाल : प्रवास संयोजक
प्रकाश ज्वाला : पार्टी प्रवक्ता तथा प्रेस सङ्गठन प्रमुख
प्रमेश हमाल : प्रमुख विदेश विभाग
प्रेमबहादुर सिंह : प्रमुख संसदीय मामिला
वर्षमान पुन : सङ्गठन विभाग प्रमुख
डा. वेदुराम भुसाल : पार्टी स्कुल विभाग प्रमुख
भानुभक्त जोशी : सहइञ्चार्ज सुदूरपश्चिम
भीम रावल : इञ्चार्ज सुदूरपश्चिम
मदनकुमार शाह गरिमा : प्रमुख श्रम रोजगार विभाग
महेन्द्र राय यादव : इञ्चार्ज मधेस प्रदेश
मातृका यादव : सहइञ्चार्ज मधेस प्रदेश
मेटमणि चौधरी : सहइञ्चार्ज लुम्बिनी प्रदेश
रञ्जिता श्रेष्ठ : सहइञ्चार्ज सुदूरपश्चिम
राजेन्द्र राई : इञ्चार्ज कोशी प्रदेश
राजेन्द्र पाण्डे : प्रमुख जगवर्गीय मोर्चा
रामकुमार भट्टराई : सहइञ्चार्ज मधेस प्रदेश
रामचन्द्र झा : प्रमुख प्रादेशिक मामिला विभाग
लिलामणि पोखरेल : ऊर्जा तथा जलस्रोत विभाग प्रमुख
राजेन्द्र श्रेष्ठ : प्रमुख संघीय मामिला
शक्ति बस्नेत : प्रमुख अर्थ योजना
श्रीराम ढकाल : प्रमुख पश्चिम महादेश अनुगमन
सुनिल मानन्धर : प्रमुख कृषि विभाग
सुवासराज काफ्ले : प्रमुख उद्योग व्यवसाय विभाग
हितमान शाक्य : सहइञ्चार्ज, उपत्यका विशेष प्रदेश
हितबहादुर तामाङ : प्रमुख उपभोक्ता आपूर्ति विभाग







