काठमाडौं, चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष […]
राजनीति
प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची छ । दिउँसो १ बजे डाकिएको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यसअतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव […]
ओलीले एकल रुपमा तोके एमालेको महाधिवेशन, मंसिर २–६सम्म महाधिवेशन हुने
काठमाडौं, २८ फागुन । नेकपा एमालेको ओली पक्षले एकल रुपमा पार्टीको महाधिवेशन तोकेको छ । एमाले अध्यक्ष ओलीले आज आफू निकटका नेताहरुलाई बोलाएर आफू र महासचिव वाहेक सबै पदाधिकारी खारेज गर्नुका साथै पार्टीको दशौं महाधिवेशनको मिति पनि तय गरेका हुन् । ओलीले अब पार्टीको दसौ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेका […]
ओलीले गरे एमालेका सबै पदाधिकारी खारेज, नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो
काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेमा महासचिव वाहेक सबै पदाधिकारीहरुलाई कारवाही गरेका छन् । साथै उनले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी दिइएका प्रदेशका इन्चार्जहरुलाई हटाएर आफू निकटका नेताहरुलाई जिम्मेवारी तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी सोही महाधिवेशनबाट उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज […]
८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ
भक्तपुर, २८ फागुन । भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्राबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिएकी छन् । पक्राउ पर्नेमा दोलखा बैतेश्वर–६ घर भइ बालकोट बस्ने वर्ष ३२ का सुमन […]
यस्तो छ ओलीविरुद्ध संसदभित्रको समिकरण
काठमाडौं, २५ फागुन । पुनस्र्थापित संसदको पहिलो बैठकमै सरकारले अध्यादेश ल्याएपछि झस्किएको नेपाली कांग्रेस अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउने मूडमा पुगेको छ । यसअघि कांग्रेसभित्र सरकारमा जाने र नजाने अथवा ओलीसँग समिकरण बनाउने वा प्रचण्ड माधवसँग समिकरण बनाउने भन्नेमा अलमल देखिएको थियो । तर, ओलीले निरन्तर संविधान विपरित कदम चालेको भन्दै कांग्रेस ओली वाहेकका दलहरुको गठबन्धन […]
यस्तो छ ब्यूतिएको एमालेमा ओली र नेपालको संख्या
काठमाडौं । सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि पूर्वएमाले र माओवादी केन्द्रले अब पूरानै पार्टी ब्युँताउने भएका छन्। ब्यूतिएको एमालेभित्र ओली र माधव पक्षको अवस्था के छ भन्नेबारेमा धेरैको चासो छ । सो पार्टीका संसदहरुको संख्यामा माधव नेपाल कमजोर रहेको भए पनि पार्टी केन्द्रीय समितिमा भने उनी कमजोर नरहेको देखिन्छ । पूर्ववत् एमालेको केन्द्रीय समितिमा केपी […]
प्रचण्ड र माधव समूह पनि भयो अलग
काठमाडौं । प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको निर्णयपछि अलग अलग पूर्वपार्टीमै रहने निर्णय गरेको छ । सर्वोच्चको फैसलालाई अध्ययन गर्दै जाने र तत्कालका लागि पूर्व दुई पार्टीमा रहेका नेताहरु यथाअवस्थामै रहने उनीहरुले निर्णय गरेका हुन् । जसअनुसार अब एमाले र माओवादी केन्द्रको समूह अलग अलग रहने तर सहकार्यमै रहने देखिएको छ । प्रचण्ड माधव समूहको स्थायी […]
सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल
काठमाडौं । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सखी प्रतिष्ठानले “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका” बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरी रहनु भएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त माननीय कमला ओली, मातृभूमिका लागि नेपालीका संयोजक देवप्रकाश त्रिपाठी, […]
केपी प्रचण्डलाई एमाले र माओवादी केन्द्रमा फर्काइदिने सर्वोच्चको फैसला यस्तो छ
काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि बनेको […]










