राजनीतिज्ञमा निष्ठाको खाँचो छ– पूर्व सभामुख नेम्वाङ

काठमाडौँ, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताए । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उनले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गरेको बताए । पहिलो संविधानसभामा […]

राजनीतिमा अपराधीकरण अक्ष्यम्य: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताए । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताएका हुन । “मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुव्र्यवहार गर्ने, गाउँले र […]

समृद्धिका लागि समाजवाद आवश्यक

काठमाडौँ, ६ कात्तिक । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताए । नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले पाउन नसक्ने बताए । नेता श्रेष्ठले […]

तीन वर्षभित्रमा सबैको घरमा बिजुली: मन्त्री पुन

चितवन, ६ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताए । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए । मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको […]

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किँदै

काठमाडौं ६, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई बुधबार स्वदेश फिर्ती कार्यक्रम रहेको छ। उनी बुधबार बिहान टोकियोको हानेबा विमानस्थलबाट नेपाल प्रस्थान गरिसकेकी छन्। राष्ट्रपति भण्डारीलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका […]

कर्णालीमा नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

सुर्खेत, ६ कात्तिक । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको छ । नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह […]

विप्लवका कार्यकर्ताले सत्तारुढ नेकपाका नेतामाथि रापानी भिरमा गरे आक्रमण, गाउँ पस्न रोक लगाइएको चेतावनी

जाजरकोट, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो । जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि आज बिहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको […]

प्रचण्ड–माधव नेपालबीच खुमलटारमा गोप्य बैठक, पार्टीमा नयाँ समिकरण सुरु

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो। ओलीले पार्टी एकताका बेलाको सहमति […]

एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल

काठमाडौं, ६ कात्तिक । सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल अध्यक्षमण्डलको आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा एकीकरणकै विषयमा नेताहरूबीच चर्काचर्कीसमेत भएको छ । बैठकमा अध्यक्षमण्डलका […]

प्रचण्डले गरे आरोपको खण्डन गर्दै कृष्णबहादुर महराको बचाउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएकाे एक आराेपकाे बचाउ गरेका छन् । प्रचण्डले अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गतको एउटा सम्झौताबारे उठेका प्रश्नहरू सम्बोधन गरेर मात्रै त्यसलाई संसद्बाट अनुमोदन गरिने बताउँदै यसबारे महरालाइ जाेडेर लगाइएकाे एक अाराेपकाे […]