‘विप्लव’ नेकपाका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

काठमाडौं । विप्लव नेतृत्व नेपाल कम्युनिष्टसमूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले उक्त समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको बुझिएको छ ।

बुधबार विहान पहिलो चरणको वार्ता भएलगत्तै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिनुभएको थियो ।
वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ ।

सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने नीति लिएको थियो ।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो ।

Loading...